झापा क्षेत्र नम्बर ५ बाट एमालेका अध्यक्ष ओली विजयी

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली झापा क्षेत्र नम्बर ५ बाट विजयी हुनुभएको छ ।
मत गनिसक्नुअघि नै ओलीको जित सुनिश्चित भएको हो । ओलीका निकट्तम प्रतिस्पर्धी नेपाली कांग्रेसका खगेन्द्र अधिकारी सुरूवात देखि नै ओलीको मत भन्दा दोब्बर बढी मतले पछाडि हुनभयो।
यो समाचार तयार पार्दासम्म ओलीले ४४ हजार ८ सय ५ मत पाउनु भएको छ भने उहाँका निकट्तम प्रतिस्पर्धी कांग्रेसका अधिकारीले २१ हजार १ सय ५४ मत पाएका छन् । उहाँहरुबीचको मतान्तर नै २३ हजार ५ सय भन्दा धेरै रहेको छ । जबकि गन्न बाँकी मत १३ हजार भन्दा कम रहेको छ ।
यस्तै, तेस्रो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टीका सुरेशकुमार पोखरेल हुनुहुन्छ । उहाँले ९ हजार ९ सय ३० मत ल्याउनुभएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #केपी शर्मा ओली
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्