Techie IT
आईतबार, वैशाख ७,२०८२

भावी प्रधानमन्त्रीमा गगन थापालाई अघि बढाउने विश्वप्रकाशको प्रस्ताव


काठमाडौं । कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले अर्का महामन्त्री गगन कुमार थापालाई भावी प्रधानमन्त्रीमा प्रस्ताव गरेका छन् । थापालाई सामाजिक सञ्जालमा बधाई दिदै उनले यस्तो प्रस्ताव गरेका हुन् ।

काठमाडौं ४ बाट विजयी भएका थापाले आफुले संसदीय दलको नेतामा लड्ने भन्दै भावी प्रधानमन्त्रीको दाबेदारी पेश गरेका छन् । संसदीय दलमा बहुमत ल्याउन उनले कसरत अघि बढाइसकेका छन् ।

जसमा उनले विश्वप्रकाशको सुरुमै साथ पाएका छन् । यो निर्वाचनमा कांग्रेस सबैभन्दा ठूलो दल बन्ने सम्भावना देखिएको छ । त्यो अवस्थामा संसदीय दलको नेताका लागि शेरबहादुर देउवा र गगन थापाबीच टक्कर पर्नेछ ।


क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #hot, #गगन कुमार थापा, #विश्वप्रकाश शर्मा


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
24°
Partly Cloudy
5:32 am6:32 pm +0545