रसुवामा सबै गठबन्धनका उम्मेदवार निर्वाचित

काठमाडौं । रसुवामा सबै गठबन्धनका उम्मेदवार विजयी भएका छन् । मंसिर ४ गते भएको निर्वाचनमा प्राप्त मत परिणाम अनुसार जिल्लामा गठबन्धनका उम्मेदवार विजयी भएका हुन ।
एउटा मात्र निर्वाचन क्षेत्र रहेको रसुवामा प्रतिनिधिसभा र प्रदेश सभाका दुई वटै क्षेत्रमा बाम गठबन्धनका उम्मेदवार फराकिलो मतान्तरले विजयी भएका छन् ।
प्रतिनिभिसभामा नेपाली कांग्रेसका केन्द्रिय सदस्य मोहन आचार्य विजयी भएका छन् । उनले नेकपा एमालेका छोवाङ तेन्जिन तामाङलाई ९६२१ मत बढी ल्याएर पराजित गरे । प्राप्त मतपरिणाम अनुसार आचार्यले १८२३५ मत प्राप्त गरेका छन् । उनका प्रतिद्धन्द्धी तामाङले ८६१४ मत प्राप्त गरेका छन् ।
त्यसैगरि, जिल्लाको प्रदेश सभा क्षेत्र क तर्फ नेपाली कांग्रेसका प्रभात तामाङ विजयी भएका छन् । उनले निकतम प्रतिद्धन्द्धी नेकपा एमालेका कुलप्रसाद भट्टलाई फराकिलो मतान्तरले पराजित गर्दै तामाङ विजयी भएका हुन् । प्राप्त परिणाम अनुसार प्रदेशको १३५१८ मत गणना गर्दा तामाङले ८१८६ मत ल्याएर विजयी भएका छन् । तामाङका प्रतिद्धन्द्धी भट्टले ४७४१ मत प्राप्त गरे । तामाङले ३४४५ मत बढी ल्याएर विजयी बने ।
त्यसैगरि प्रदेश सभा क्षेत्र ख मा बाम गठबन्धनबाट उम्मेदवार बनेका नेकपा माओवादी केन्द्रका इन्द्र गोतामे ९जगतजंग० विजयी भएका छन् । उनले प्रतिद्धन्द्धी नेकपा एमालेका तेम्ब्रेल तामाङलाई ३६४९मतान्तरले पराजित गर्दै गोतामे विजयी भएका हुन् । गोतामेले ८५३३ मत प्राप्त गरेका छन् । उनका प्रतिद्धन्द्धी तामाङले ४८८४ मत प्राप्त गरेका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #रसुवा, #रसुवामा सबै गठबन्धनका उम्मेदवार विजयी
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्