Techie IT
शनिबार, वैशाख ६,२०८२

पर्सा ४ (क) मा काँग्रेसका शङ्कर प्रसाद चौधरी विजयी


वीरगंज । प्रदेश सभा तर्फ पर्सामा फेरि काँग्रेसले अर्को सिट जितेको छ । पर्साको क्षेत्र नम्बर ४ (क) बाट नेपाली कांग्रेसका शङ्कर प्रसाद चौधरी निर्वाचित हुनु भएको छ ।

पाँच दलीय सत्ता गठबन्धनको समर्थन पाउनु भएका चौधरीले निकटतम प्रतिद्वन्द्वी एमाले जसपा गठबन्धनका जयप्रकाश थारुलाई पराजित गर्दै निर्वाचित हुनु भएको हो ।

चौधरीले नेकपा एमाले पर्साका अध्यक्ष रहनु भएका जय प्रकाश थारुलाई २ हजार ३४ मतको अन्तरले पराजित गर्नु भएको हो ।

चौधरीले ११ हजार ५ सय ८५ मत ल्याएर निर्वाचित हुनु भएको छ भने थारुले ९ हजार ५ सय ५१ मत प्राप्त गर्नु भएको छ ।

यही क्षेत्रका निवर्तमान प्रदेश सभा सदस्यसमेत रहेका चौधरी पुनः दोहोरिनु भएको छ । चौधरीको जित सँगै अहिले सम्म पर्सामा नेपाली काँग्रेसले २ वटा प्रदेश सभा सदस्य जितेको छ ।

यसअघि आजै पर्साको क्षेत्र नम्बर २ (क) मा नेपाली काँग्रेसकै श्याम पटेल निर्वाचित हुनु भएको छ । चौधरी निर्वाचित भए पनि यसको आधिकारिक घोषणा गर्न बाँकी रहेको पर्साका मुख्य निर्वाचन अधिकृत विनोद कुमार पोखरेलले बताउनुभयो ।

 


क्याटेगोरी : समाचार
ट्याग : #काँग्रेस, #शङ्कर प्रसाद चौधरी


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
21°
Mostly Cloudy
5:33 am6:31 pm +0545