चुमनुब्री र धार्चेका मतदान केन्द्रमा कर्मचारीका सबै टोली प्रस्थान

गोरखा । भौगोलिक दृष्टिले दुर्गम मानिएका चुमनुब्री र धार्चे गाउँपालिकाको सबै मतदानकेन्द्रका लागि सबै निर्वाचन कर्मचारीहरु सदरमुकामबाट प्रस्थान गरेका छन् । निर्वाचन सामग्रीसहित सबै कर्मचारी सदरमुकामबाट प्रस्थान गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
चुमनुब्रीका मतदान केन्द्रका लागि आइतबारै मतदान अधिकृतसहितको टोली प्रस्थान गरेका थिए भने धार्चेका लागि मंगलबार र बुधबार प्रस्थान गरेका कार्यालयले जनाएको छ ।
दुरीका हिसाबमा धेरै टाढा भएको र सडक सन्जालबाट बन्चित रहेकाले अन्य पालिकाको तुलनामा चुमनुब्रीमा पहिले नै कर्मचारी, सुरक्षाकर्मी सहित मतपेटिका पठाइएको जिल्ला निर्वाचन कार्यालय गोरखाका प्रमुख टेकबहादुर कोइरालाले बताए । उनकाअनुसार कात्तिक २७ गतेबाट चुमनब्रीमा मतपेटिका पठाउन थालिएको हो ।
हालसम्म अधिकांश मतदान केन्द्रमा मतपेटिका सहित सुरक्षाकर्मी, कर्मचारी पुगिसकेको र केही मतदान केन्द्रमा टोली पुग्ने क्रममा रहेको उनले जानकारी दिए । बुधबार सम्ममा सबै मतदान केन्द्रमा मतदान अधिकृत सहितको टोली पुगिसक्ने उनले जानकारी दिए ।
गोरखाबाट आइतबार हिडेको टोली मंगलबार बेलुका मतदान केन्द्रमा पुगेको जीवन सुर्खेतीले बताए । उनी चुमनुब्री गाउँपालिका ७ चुम्लिङस्थित सिद्ध गणेश आधारभुत विद्यालय मतदान केन्द्रमा खटिएका हुन् । तीन दिन लगाएर मतदान अधिकृत सहितको सबै टिम बेलुका चुम्लिङ आइपुगेको उनले बताए । मतदान सामग्रीहरु पनि सबै मिलेर बोकेर ल्याएको उनको भनाइ छ ।
यसअघि चुमनुब्रीमा मतपेटिका लैजान र मतपेटिका ल्याउन निर्वाचन आयोगसँग हेलिको व्यवस्था गरिदिन माग गरिएको थियो । तर आयोगबाट स्वीकृति नपाएपछि निर्वाचनलागि चाहिने मतपेटिका, मतपत्र, स्वस्तिक छाप, शील अनुसूची, पर्चा, पम्पलेट लगायतका सामग्रीहरु सहितको सम्बन्धित मतदान अधिकृतलाई जिम्मा लगाएको कार्यालय जनाएको छ ।
मतदानछिको मतपेटिका भने हेलीबाट ल्याउन आयोगसँग पहल गरिरहेको उनले जानकारी दिए । दुर्गम पालिका चुमनुब्रीमा २२ वटा मतदान केन्द्र रहेका छन् । तीमध्ये २१ जना मतदान अधिकृत सबै सामग्री लिएर गइसकेको जनाएको छ ।
मंसीर १ गते सम्ममा चुमनुब्री सहित जिल्लाका सबै पालिकाको मतदान केन्द्र निर्वाचन खटिने कर्मचारी सहित सबै सामग्री पुगिसक्न उनको भनाइ छ ।
मंगलबार धार्चे सहितका अन्य पालिकाहरुले पनि मतदान सामग्री लाने क्रम जारी रहेको उनले बताए । गोरखाको चुमनुब्रीमा एक हप्ता अगाडि नै सुरक्षाकर्मी सम्बन्धित मतदान केन्द्रमा पठाइसकेको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङगत बरालले बताए । मतदान अधिकृत सहितको टोली पनि करिब सबै ठाउँमा पुगिसकेको र केही ठाउँमा पुग्न बाँकी रहेको उनले बताए ।
त्यस्तै, गोरखामा अति संवेदनशील मानिएका मतदान केन्द्रहरुलाई पनि सामान्य रुपमा सम्पन्न गर्ने गरी सुरक्षा व्यवस्था मिलाइएको पनि उनले जानकारी दिए ।
अन्य जिल्लामा कर्मचारी निर्वाचन खटिएकाले प्रशासनबाट प्रवाह हुने सेवा स्थगन गरेता पनि गोरखामा भने सरकारले सार्वजनिक विदा दिएको ४ र ५ गते बाहेक अन्य बेला खुल्ला रहने उनले जानकारी दिए ।
सिमित कर्मचारी भएता पनि सेवाग्राहीलाई मर्कामा नपर्ने गरी सेवा प्रवाह निरन्तर हुने उनले बताए । दरौँदी दैनिक
क्याटेगोरी : समाचार
ट्याग : ##गोरखा, #चुमनुब्री गाउँपालिका, #धार्चे गाउँपालिका
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्