मतदाताको माया बटुल्दै निरेशलाल सिंह महर्जन (फोटो फिचर)

काठमाण्डौं । काठमाण्डौं निर्वाचन क्षेत्र नम्बर ६ ‘क’ बाट नेकपा एमालेका प्रदेश सभा सदस्य उम्मेदवार निरेशलाल सिंह महर्जनले मतदाता भेटघाटलाई तिब्र पारेका छन्।
चुनावको मिति नजिकिदै जादा महर्जनले चुनावी अभियानलाई तिब्र पारेका हुन्। एकै दिन दर्जन भन्दा बढी भेटघाट गरेका उनले आफुले जनताको ब्यापक समर्थन पाएको बताएका छन्।
नेकपा एमालेबाट चुनावमा होमिएका महर्जनले चुनावी अभियानको क्रममा प्रदेश ‘क’ को सबै क्षेत्रमा एकसरो कार्यक्रम गरिसकेका छन् भने अहिले छुटेका ठाउँमा भेटघाटलाई तिब्र पारेको जानकारी दिए ।
निरन्तर जनताको घरदैलो अभियानमा लागेका महर्जन जनताले भोगेका समस्यालाई टिपोट गर्दै तत्काल सम्बोधन गर्न सकिने समस्यालाई समाधान गरिदिने गर्छन। समाजमा सालिन र इमान्दार नेताको छवि बनाएका महर्जन आफुले चुनाव जित्नेमा ढुक्क देखिन्छन्। तल्लो तहका जनताको समस्यालाई नजिकबाट बुझ्नको लागि मतदाताको घर घर र टोलटोल पुगेका महर्जनलाई मतदाताको पूर्ण साथ र सहयोग रहेको बताएका छन् ।
जनताको समस्यालाई आफ्नै समस्या ठान्ने उनले जनताको सेवानै आफ्नो मुख्य उदेश्य रहेको बताउदै आफ्नो क्षेत्रको विकास र समृद्धिको लागि निरन्तर लाग्ने बताए ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #काठमाण्डौं निर्वाचन क्षेत्र नम्बर ६, #निरेशलाल सिंह महर्जन, #नेकपा एमाले, #मतदाताको माया बटुल्दै निरेशलाल सिंह महर्जन
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्