Techie IT
आईतबार, वैशाख ७,२०८२

कांग्रेसका नेता उमेश श्रेष्ठ चढेको गाडीमा इँट्टा प्रहार


काठमाडौं। चितवनमा नेपाली कांग्रेसका नेता उमेश श्रेष्ठ चढेको गाडीमा इँट्टा प्रहार भएको छ ।चितवन क्षेत्र नम्बर-२ मा गठबन्धनबाट उम्मेदवार रहेका पूर्वराज्यमन्त्री श्रेष्ठको गाडीमा बुधबार बिहान इँट्टा प्रहार भएको हो ।

इँट्टा प्रहारबाट बा ३ च २०५० नम्बर गाडी अगाडिको सिसा फुटेको छ। तीनवटा मोटरसाइकलमा आएका अज्ञात व्यक्तिहरुले गाडीमा इँट्टा हानेर भागेको प्रहरीले जनाएको छ ।

उनीहरुको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #उमेश श्रेष्ठ, #कांग्रेसका नेता उमेश श्रेष्ठ चढेको गाडीमा इँट्टा प्रहार


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
26°
Partly Cloudy
5:32 am6:32 pm +0545