Techie IT
आईतबार, वैशाख ७,२०८२

सुनको मूल्य घट्यो


काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला रु एक सयले घटेर रु ९७ हजार दुई सय कायम भएको छ ।

सुनको मूल्य अघिल्लो आइतबार प्रतितोला रु ९७ हजार तीन सयमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९६ हजार सात सय कायम भएको छ । आइतबार तेजाबी सुनको मूल्य अघिल्लो दिन प्रतितोला रु ९६ हजार आठ सय थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु पाँचले घटेर रु एक हजार दुई सय ९५ तोकिएको महासङ्घले जनाएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #सुनचाँदी


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
22°
Fair
5:32 am6:32 pm +0545