आइसिसी टी–ट्वान्टी विश्वकप क्रिकेटको उपाधि इंग्ल्यान्डलाई

काठमाडौँ । इंग्ल्यान्डले आइसिसी टी–ट्वान्टी विश्वकप क्रिकेटको उपाधि जितेको छ । अस्ट्रेलियाको मेलबर्नमा आइतबार भएको फाइनलमा पाकिस्तानलाई ५ विकेटले हराउँदै इंग्ल्यान्ड च्याम्पियन बनेको हो ।
पाकिस्तानले दिएको १ सय ३८ रनको लक्ष्य इंग्ल्यान्डले १९ ओभरमा ५ विकेट गुमाएर १ सय ३८ रन बनाएर पूरा गर्यो ।
इंग्ल्यान्डको जितमा बेन स्टोक्स नायक बने । उनले अविजित रहँदै सर्वाधिक ५२ रनको अर्धशतकीय इनिङ खेले । लियाम लिभिङ स्टोन १ रनमा अविजित रहे ।
कप्तान जोस बट्लर २६ रनमा आउट हुँदा ह्यारी ब्रुकले २० रन बनाए । मोइन अली १९ रन, फिल साल्ट १० रनमा आउट भए भने एलेक्स हेल्स १ रनमा आउट भए ।
पाकिस्तानका हरिस राउफले २ तथा शादब खान, मोहमद वासिम र शाहिन शाह अफ्रिदीले १र१ विकेट लिए ।
त्यसअघि मेलबर्न क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा ८ विकेट गुमाएर १ सय ३७ रन बनाएको थियो । पाकिस्तानका लागि शान मसुदले सर्वाधिक ३८ रन जोडे । कप्तान बाबर आजमले ३२ रन जोड्दा मोहमद रिजवानले १५ रन बनाए ।
शादब खानले २० रन जोड्दा मोहमद हरिस ८ रन, मोहमद वासिम ४ रन, मोहमद नवाज ३ रन तथा इफ्तिखर अहमेद शून्य रनमा आउट भए । शाहिन साह अफ्रिदी ५ रनमा अविजित रहँदा हरिस राउफले अविजित १ रन बनाए ।
इंग्ल्यान्डका साम करनले ३ विकेट लिए । घातक बलिङ गरेका उनले ४ ओभरमा मात्र १२ रन खर्चिए । क्रिस जोर्डन र आदील राशिदले २र२ विकेट लिए । बेन स्टोक्सको नाममा १ विकेट रह्यो ।
इंग्ल्यान्डले दोस्रो पटक टी–ट्वान्टी विश्वकप क्रिकेटको उपाधि जितेको हो । यस अघि इंग्ल्यान्डले २०१० मा पहिलो पटक उपाधि जितेको थियो ।
क्याटेगोरी : खेलकुद, समाचार
ट्याग : #आइसिसी टी–ट्वान्टी विश्वकप क्रिकेटको उपाधि इंग्ल्यान्डलाई, #ट्वान्टी विश्वकप
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्