प्रदीप पौडेलले सुकुम्बासी बनेर सरकारी जग्गा बाबुको नाममा दर्ता गरेको खुलासा

काठमाडौं, कात्तिक २७ । नेपाली काँग्रेसका नेता प्रदीप पौडेलले तनहुँमा सरकारी जग्गा आफ्नो बाबुको नाममा दर्ता गरेको रहस्य सार्वजनिक भएको छ ।
तनहुँको दुलेगौंडाबाट ढोरफिर्दी हुँदै स्याङ्जा जाने सार्वजनिक सडक र आसपासको जग्गा प्रदीप पौडेलले आफ्नो बाबु डिल्लीरमण पौडेलको नाममा दर्ता गरेको तथ्य सार्वजनिक भएको हो । साविक ढोरफिर्दी गाविस वडा नम्बर ३ गणपति बजार नजिकै पर्ने हालको शुक्लागण्डकी नगरपालिका वडा नम्बर ८ स्थित नक्सा नम्बर ३ ‘ख’ को कित्ता नम्बर १३९१ को एक रोपनी जग्गा प्रदीपले बाबुका नाममा दर्ता गराउनु भएको हो ।
प्रदीपले उदयराज गौलीको नेतृत्वमा २०५२ सालमा बनेको सकुम्बासी आयोगबाट घरनजिकैको यो जग्गा हडप्नु भएको हो । २०४५ सालतिर नै यो सडक बनिसकेको थियो । तर, सडकको आसपासको जग्गा करोडौं पर्ने लोभले उनीहरुले सडक र वरपरको जग्गा २०५२ सालमा सुकुम्बासी आयोगबाट आफ्नो नाममा दर्ता गर्न सफल भएका हुन् । स्थानीय बासिन्दाका अनुसार प्रदीपका बाबु शिक्षक थिए । उनीहरु सुकुम्बासी होइनन् । तर, काँग्रेसका नेता गौली सुकुम्बासी आयोगको अध्यक्ष भएका बेला उनीहरुले सरकारी जग्गा आफ्नो नाममा दर्ता गर्न सफल भएका हुन् ।
प्रदीप र उहाँका बाबु यस्तै बदमासीका कारण तनहुँमा बदनाम बन्नुभएको छ । प्रदीप २०७४ सालको निर्वाचनमा माओवादीकी आशा कोइरालासँग प्रदेश सभामा पराजित हुनुभएको थियो । २०७९ सालमा पनि प्रदीप चुनाव लड्न चाहन्थे । तर, प्रदीपको छवि तनहुँमा राम्रो नभएका कारण काँग्रेसले तनहुँ क्षेत्र नम्बर २ मा शंकर भण्डारीलाई उम्मेदवार बनाएको छ । जबकी शंकर तनहुँ क्षेत्र नम्बर १ का नेता हुन् । तनहुँमा टिकट नै नपाएपछि प्रदीप यतिबेला काठमाडौं क्षेत्र नम्बर ५ मा आइपुग्नु भएको छ ।
काँग्रेसका प्रभावशाली डा। प्रकाशशरण महत समेत चुनाव लड्न डराएर समानुपातिकमा बसेका बेला प्रदीपका लागि काठमाडौं क्षेत्र नम्बर ५ मा चुनाव जित्ने कुनै सम्भावना नै नभएको बताइन्छ । काठमाडौं क्षेत्र नम्बर ६ मा प्रदीपले बनाएको घरको बारेमा समेत प्रश्न उठेको छ । अहिलेसम्म कुनै पनि लाभको पदमा नबसेका र कुनै रोजगारी पनि नगरेका प्रदीपले काठमाडौंमा बनाएको घर र सम्पत्तिका बारेमा स्वयम् तनहुँका निवर्तमान श्रममन्त्री एवं तनहुँका नेता किसान श्रेष्ठले पत्रकार सम्मेलनले नै गरेर प्रश्न उठाउनु भएको थियो ।
प्रदीपले चर्चा चर्का चुनावी नारा लगाए पनि उहाँको विगत त्यति राम्रो छैन् । मानव तस्करीमा रहेका कास्कीका एक जना व्यक्तिको मुख्य सहयोगी भएका कारण प्रदीपलाई २० घण्टा थुनामा राखेर जापानको अध्यागमनले २०७४ असोज १ गते प्रदीपलाई नेपाल डिपोर्ट गरिदिएको थियो ।
प्रदीप पौडेलको नेतृत्वमा त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेमबहादुर चलाउनेलाई अंगभंग हुने गरी कुटपिट समेत भएको थियो । प्रदीप उम्मेदवार भएपछि चलाउनेले ट्वीट गर्दै गुण्डाको संरक्षण, अपराधको राजनीतिकरण गर्नमा माहिर प्रदीप पौडेलले सदाचारको पाठ कसरी पढाउन सकेको भनेर प्रश्न उठाएका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #प्रदीप पौडेल
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्