Techie IT
शनिबार, वैशाख ६,२०८२

घरदैलोमा व्यस्त एमाले काठमाडौं ६ (क) का उम्मेदवार निरेशलाल सिंह महर्जन


काठमाडौं । काठमाण्डौ जिल्ला क्षेत्र नम्बर ६ मा नेकपा एमालेका उम्मेदवार घरदैलो गर्नमा व्यस्त छन्। काठमाडौं क्षेत्र नम्बर ६ क को प्रदेशसभा सदस्य एमालेका उम्मेदवार निरेशलाल सिंह महर्जनले आज टोखा नगरपालिकाको वडा नं ९ मा पर्ने नयाँ बसर्पक, गोंगबु, गणेशथान क्षेत्रमा रहेका जनतासँग प्रत्यक्ष भेटघाट गर्नु भयो ।

उहाँहरुले मतदाता माझ पुगेर मत माग्नुभएको थियो । उमेदवार घरदैलोमा आउँदा स्थानीयवासीले उत्साहजनक रुपमा स्वागत गर्दै विजयको शुभकामना व्यक्त गरेका थिए । मतदाताले एमालेले गरेका कार्यको चर्चा गदै भोट माग्ने नपर्ने बताएको महर्जनले बताउनुभयो । एमालेको विकल्प कोही हुन नसक्ने भन्दै मतदाता साथ दिन तयार रहेको उहाँको भनाइ छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #काठमाण्डौ नम्बर ६, #निरेशलाल सिंह महर्जन


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
17°
Fair
5:32 am6:32 pm +0545