Techie IT
मंगलबार, वैशाख ९,२०८२

वरिष्ठ पाइलट विजय लामालाई विमान उडानमा रोक


काठमाडौं । वायुसेवा निगमले वरिष्ठ पाइलट विजय लामालाई विमान उडानमा रोक लगाएको छ ।

उडानका क्रममा एक युट्युबरलाई ककपिटमै अन्तर्वार्ता दिएपछि निगमले लामालाई कारबाही गर्दै उडानमा रोक लगाएको हो ।

उडिरहेको विमानको ककपिटमा भिडियो वा फोटोग्राफी गर्नुपूर्व अनुमति लिनुपर्ने हुन्छ ।

५८ वर्ष उमेरहदले अवकास पाई हाल करार सेवामा निगमको वाइडबडी विमान उडाउँदै आइरहेका लामालाई दुई दिनभित्र लिखित स्पष्टीकरण बुझाउन पनि निगमले निर्देशन दिएको छ ।

एभिएसन भ्लगर साम चुईले दुबई–काठमाडौं रुटको एक भ्लगमा ककपिटबाटै पाइलट विजय लामासँग अन्तर्वार्ता लिएका थिए ।

 


क्याटेगोरी : समाचार
ट्याग : #वरिष्ठ पाइलट विजय लामालाई विमान उडानमा रोक, #विजय लामा


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
26°
Haze
5:30 am6:33 pm +0545