निर्वाचनका लागि नुवाकोटमा दुई अस्थायी मतदान केन्द्र

नुवाकोट। मङ्सिर ४ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि नुवाकोटमा दुई अस्थायी मतदान केन्द्र स्थापना गरिने भएको छ ।
जिल्ला निर्वाचन कार्यालय नुवाकोटका निर्वाचन अधिकारी जयप्रसाद गौतमका अनुसार जिल्ला कारागार र जिल्ला प्रहरी कार्यालयमा अस्थायी मतदान केन्द्र स्थापना गर्न लागिएको हो ।
अस्थायी मतदातामा सूचीकृत भएका मतदाताहरुले प्रतिनिधिसभाका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फ मतदान गर्न पाउनेछन् । कैदीबन्दीका लागि जिल्ला कारागारमा र सुरक्षाकर्मी तथा अन्य कर्मचारीका लागि जिल्ला प्रहरी कार्यालयमा मतदानको व्यवस्था मिलाइने गौतमले जानकारी दिए।
त्यस्तै निर्वाचन क्षेत्र नं १ मा अवस्थित निर्वाचन अधिकृतको कार्यालयमा कार्यरत कर्मचारीहरुले अमरज्योति माविमा रहेको मतदान केन्द्रबाट मतदान गर्न पाउनेछन् । साथै, ककनी गाउँपालिका-२ को वडा कार्यालयमा रहेको मतदान केन्द्रबाट सशस्त्र प्रहरी बल तालिम केन्द्रका प्रशिक्षार्थीहरुले मतदान गर्ने व्यवस्था मिलाइने छ ।
नुवाकोटमा एक हजार सात सय २२ जना अस्थायी मतदाता छन् । जिल्लामा एक सय ३२ मतदानस्थलमा खटिने कर्मचारी तथा सुरक्षाकर्मीले खटिएकै मतदानस्थलबाट प्रतिनिधिसभा सदस्यको समानुपातिक निर्वाचन प्रणालीतर्फ मतदान गर्न पाउनेछन् । रासस
क्याटेगोरी : समाचार
ट्याग : #निर्वाचनका लागि नुवाकोटमा दुई अस्थायी मतदान केन्द्र, #नुवाकोट
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्