खोटाङमा नेपाली कांग्रेसकोे वडा समिति नै नेकपा एमालेमा समाहित

खोटाङ। खोटाङमा नेपाली कांग्रेसकोे वडा समिति नै नेकपा एमालेमा समाहित भएको छ ।
दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेका वडा सभापति र नेपाल विद्यार्थी संघका जिल्ला सचिव राजदेश राईको नेतृत्वमा ६३ जना एमालेमा प्रवेश गरेका हुन् ।
आइतबार बतासेमा भएको चुनावीसभामा कांग्रेस प्रदेश ‘ख’ का उम्मेदवार भूपेन्द्र राईप्रती असन्तुष्टि जनाउँदै पूर्व कार्यवाहक सभापति, वडा सदस्यका उम्मेदवार तीलककुमार राई, पार्टी वडा सचिव प्रेम राई, वडा सह–सचिव नारायण राई, सुरेन्द्र भुजेल, अग्रज नेता महेश्वर राई, वडा कार्यसमिति सदस्य सूनिल राई, सदस्य म्यानबहादुर भुजेल, ओम राई, राजकुमार राई, रिजित राई र किरण राईलगायत ६३ जना एमालेमा प्रवेश गरेका हुन् ।
यस्तै, जसपा खोटाङका जिल्ला सदस्य एवम् डाँडागाउँ वडाध्यक्षका उम्मेदवार किशोरचन्द्र राई र जसपाका नेता साजन राई पनि एमालेमा प्रवेश गरेका छन् ।
नवप्रवेशीहरूलाई नेकपा (एमाले) केन्द्रीय सदस्य एवम् खोटाङ जिल्ला सह–इञ्चार्ज उषाकला राई, एमाले खोटाङका अध्यक्ष प्रदेशसभा ‘ख’ का उम्मेदवार रामप्रसाद दंगाल, जिल्ला उप–सचिव दीपनारयण रिजाल, सुनसरी जिल्ला कमिटी सदस्य कांशीनाथ दंगाल, एमाले जिल्ला कमिटी सदस्य ओम प्रकाश घिमिरेलगायतले खादा र माला लगाएर पार्टी स्वागत गरे ।
क्याटेगोरी : समाचार
ट्याग : #खोटाङमा नेपाली कांग्रेसकोे वडा समिति नै नेकपा एमालेमा समाहित, #नेकपा एमाले, #नेपाली कांग्रेस
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्