प्रचण्डको उम्मेदवारी रोक्न माग गर्दै सर्वोच्चमा रिट

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई मंसिर ४ मा हुने प्रतिनिधिसभाको उम्मेदवार हुनबाट रोक्न आदेश माग गर्दै सर्वोच्च अदालतमा रिट पेस भएको छ। कात्तिक २० मा पेस भएको रिट सर्वोच्च प्रशासनले अध्ययन गरिरहेको जनाएको छ।
अधिवक्ता ज्ञानेन्द्रराज आरणसहितले दायर गरेको रिटमा प्रचण्डले १० वर्षसम्म चालेको द्वन्द्वमा ज्यान गुमाएकामध्ये ५ हजारको जिम्मेवारी आफूले लिने अभिव्यक्ति दिएको र उनीमाथि कर्तव्य ज्यानमा अनुसन्धान हुनुपर्ने भएकाले जनताको प्रतिनिधि हुन नमिल्ने जिकिर रिटमा गरिएको छ। सर्वोच्च प्रशासनले भने निर्वाचन नजिकै आएको उक्त रिट दर्ता गर्ने आधार नभेटिएको भन्दै दरपिठ गर्ने तयारी गरेको छ।
सर्वोच्चका प्रवक्ता विमल पौडेलले प्रचण्डलाई उम्मेदवार हुन रोक लगाउने खालको रिट आएको र सो अध्ययनका क्रममा रहेको बताए। अध्ययनपछि दर्ता वा दरपिठ के गर्ने निर्णय हुने उनले बताए।
रिट हाल्ने आरण द्वन्द्वपीडित हुन्। ओखलढुङ्गाका आरणले द्वन्द्वकालमा आफ्ना पिता गुमाएका थिए। द्वन्द्वकालको सबै नेतृत्व प्रचण्डले गरेको बताउँदै आरणले द्वन्द्वको समयमा मानव अधिकार हननको आरोप लागेका उनीसहित अन्य सम्पूर्ण व्यक्तिले निर्वाचनमा उम्मेदवार हुन रोक्नुपर्ने दाबी गर्दै रिट हालेका हुन्।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #पुष्पकमल दाहाल, #प्रचण्डको उम्मेदवारी रोक्न माग गर्दै सर्वोच्चमा रिट
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्