Techie IT
आईतबार, वैशाख ७,२०८२

वाइसीएलका सचिव सुदीप नगरकोटी प्रचण्डका चुनावी कमाण्डर


नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा गोरखा–२ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्वाचन कमाण्डर तोकिएको छ ।

निर्वाचन परिचालन अन्तरर्गत माओवादीका युवा संगठन योङ कम्युनिष्ट लिग (वाइसीएल) का केन्द्रीय सचिव सुदीप नगरकोटीले युवा परिचालन समितिको कमाण्डरको जिम्मेवारी पाएका छन् । त्यसैगरी वाइसीएलकै केन्द्रीय सदस्य धिरज उपरकोटीले सहकमाण्डरको जिम्मेवारी पाएका छ ।

गोरखा–२ मा प्रचण्ड सत्तारुढ गठबन्धनका साझा उम्मेदवार हुन् । प्रदेशसभा सदस्य गोरखा ९क०मा माओवादीका फडेन्द्र देवकोटा र ९ख०मा कांग्रेसका सुरेन्द्रराज पाण्डे उम्मेदवार रहेका छन् ।


क्याटेगोरी : समाचार
ट्याग : #पुष्पकमल दाहाल प्रचण्ड, #वाइसीएलका सचिव सुदीप नगरकोटी प्रचण्डका चुनावी कमाण्डर, #सुदीप नगरकोटी


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
24°
Fair
5:32 am6:32 pm +0545