कांग्रेस र माओवादीले देशमा परिवर्तन ल्याउन नसक्ने राजेन्द्र लिङ्देनको दाबी

नवलपरासी । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले कांग्रेस र माओवादीले देशमा परिवर्तन ल्याउन नसक्ने दाबी गरेका छन् ।
शनिबार राप्रपा सुनवल नगर कमिटीले रुपन्देहीमा आयोजना गरेको भेलालाई सम्बोधन गर्दै लिङ्देनले कांग्रेस र माओवादीलाई भोट दिए पुरानै संरचनामा खेल्ने मौका पाउने र देशमा परिवर्तन नहुने बताएका हुन् ।
गलत पार्टी र गलत व्यक्तिलाई मत दिन नहुने भन्दै उनले यदि गलत पार्टी र व्यक्तिले मत पाए देश र समाजले दुःख पाउने भएकाले राम्रो पार्टी र व्यक्तिलाई छानेर मात्र भोट दिन पनि आग्रह गरेका छन् । अध्यक्ष लिङ्देनले मंसिर ४ को निर्वाचन देश र नेपाली जनताको भविश्यसँग जोडिएकाले सामान्य ढङ्गले हेर्न नहुने समेत बताएका छन् ।
उनले देशमा उद्योग धन्दा स्थापना गर्नुको साटो भएका उद्योगधन्दा समेत बेचेर खानेहरुलाई यसपटक पाखा लगाउनुपर्ने लिङ्देनको भनाइ छ ।
क्याटेगोरी : समाचार
ट्याग : #कांग्रेस र माओवादीले देशमा परिवर्तन ल्याउन नसक्ने राजेन्द्र लिङ्देनको दाबी, #राजेन्द्र लिङ्देन
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्