नेकपा एमालेको घोषणापत्रमा यस्ता छन् कार्यक्रमहरु (सुचिसहित)

नेकपा एमालेले २० हजार शब्दको घोषणापत्र तयार पारेको छ।
काठमाडौंको याक एण्ड यती होटेलबाट मंगलबार अध्यक्ष केपी शर्मा ओलीले घोषणापत्र सार्वजनिक गर्नुभएको हो ।
एमालेको घोषणापत्रमा ३० कार्यक्रम र २४७ प्राथमिकता समेटिएको छ।
पाँच वर्षभित्र सम्पन्न गर्ने ४ ‘स’लाई आधार मानेर घोषणा पत्र तयार पारिएको एमालेले जनाएको छ। सुशासन विकास समृद्धि र समानताको नारामा २० वटा ग्यारेन्टी समावेश छन्
यस्ता छन् ३० कार्यक्रम
- हाम्रो मूल मन्त्रः बलियो राष्ट्रियता र सुदृढ लोकतन्त्र
- दिगो आर्थिक विकासः उच्च आर्थिक वृद्धिदर
- भूमिको वैज्ञानिक व्यवस्थापन : प्रकृति संरक्षण, आधुनिक कृषि र सम्पन्न किसान
- कृषि भूमिमा पानीः सिँचाइमा लगानी
- सहकारीबाट व्यवसाय प्रवर्द्धनः नागरिकको आर्थिक उन्नयन
- औद्योगीकरणमार्फत अर्थतन्त्रको रूपान्तरण
- पर्यटन र संस्कृतिः राष्ट्रको समुन्नति
- वन र वातावरणको संरक्षणः जलवायु अनुकूलन र विपद् व्यवस्थापन
- स्वच्छ खानेपानी जनताको हक
- विद्युत् तथा ऊर्जा विकासबाट समृद्धि
- राष्ट्र निर्माणको आधारः गुणस्तरीय शिक्षा र शैक्षिक पूर्वाधार
- हाम्रो नेपालः निरोगी नेपाल
- मर्यादित श्रमः सुरक्षित रोजगारी
- जीवनचक्रमा आधारित सामाजिक सुरक्षाः मौलिक हकको रक्षा
- शान्ति प्रक्रिया र संक्रमणकालीन न्याय
- राष्ट्रका लागि युवाः युवाका लागि खेलकुद र स्वयंसेवा
- महिला सहभागिता र सशक्तीकरण
- सहरी विकास : एकीकृत बस्ती र सुरक्षित आवास
- गतिशील अर्थतन्त्र र सेवाको आधारः यातायात पूर्वाधारको विस्तार
- स्रोत साधनको परिचालन, योजना कार्यान्वयन र दिगो विकास
- जनताको कर : जनताकै लागि
- सूचना प्रविधि र प्रेस स्वतन्त्रता
- सुशासनः हाम्रो उच्च प्राथमिकता
- उपभोक्ता हितः आम जनताको हित
- सक्षम र सुदृढ सङ्घ, अधिकार सम्पन्न प्रदेश र स्थानीय सरकार
- स्वच्छ, सुन्दर र आधुनिक राजधानी
- सांस्कृतिक रूपान्तरण, सामाजिक सद्भाव र राष्ट्रिय एकता
- सक्षम राज्य, स्वतन्त्र न्यायालय
- सुदृढ राष्ट्रिय सुरक्षाः राष्ट्रिय हित र स्वाभिमानको रक्षा
- स्वतन्त्र र सन्तुलित अन्तर्राष्ट्रिय सम्बन्ध
क्याटेगोरी : समाचार
ट्याग : #hot, #नेकपा एमाले, #नेकपा एमालेको घोषणापत्रमा यस्ता छन् कार्यक्रमहरु
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्