गोरखा क्षेत्र नं १ मा बि.पी पुडासैनी को उम्मेदवारी किन ?
गोरखा । संघीयता कार्यान्वयनदेखि शिक्षा, स्वास्थ्य, रोजगारी, सामाजिक सुरक्षा, उद्योग व्यापार क्षेत्रमा आफूले गर्ने कामका सूचीहरू समेटेर गोरखा प्रतिनिधी सभा क्षेत्र नं १ का स्वतन्त्र उम्मेदवार बि.पी. पुडासैनीले चुनावी प्रतिबद्धता गरेका छन् ।
‘उत्पादनमुखी विकास र समुन्नत समाज समाजवादको आधार, सुदृढ संघीयतासहित समृद्ध नेपालका लागि आफ्नो उम्मेदवारी रहेको बि.पी.को भनाई छ ।
त्यस्तै संघीयता कार्यान्वयन र प्रदेशलाई बलियो बनाउन आवश्यक संरचना, कानून र नीति निर्माण गरी कार्यान्वयन गर्ने, प्रदेश प्रहरी गठन गरी शान्ति सुरक्षाको सुदृढ व्यवस्थापन गर्ने प्रतिबद्धता पनि पुडासैनीको छ।
‘स्थानीय तहसँगको सहकार्यमा पूर्वाधार निर्माण र संघीयता कार्यान्वयनको कामलाई अगाडि बढाउने र आम गोरखा क्षेत्र नं १ बासीको भावना र अपनत्व हुने पहिचान झल्कने गरी काम गर्ने बताए ।
क्षेत्र नं १ को आर्थिक विकास र समृद्धिका लागि आवश्यक स्रोतको पहिचान एवं परिचालन गर्दै स्वदेशी तथा विदेशी लगानी आकर्षित गर्न लगानीमैत्री वातावरण तयार गर्ने प्रतिबद्धता पनि बि.पी.को छ।
‘बजारको आवश्यकता र मागअनुसारको विशिष्ट उत्पादनको कार्यक्रममा जोड दिइनेछ’ क्षेत्र नं १ को रणनीतिक महत्वका र रुपान्तरणकारी आयोजना र कार्यक्रमलाई प्राथमिकता दिने, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा बजारीकरण गर्न सकिने तुलनात्मक लाभका वस्तु तथा सेवाको पहिचान गरिने उनको भनाई छ ।
गोरखौं क्षेत्र नं १ मा उत्पादन क्षेत्रमा वर्गीकरण गरेर कृषि उत्पादनलाई व्यवसायीकरण गर्ने, कृषि क्षेत्रको उत्पादन वृद्धि गरी आत्मनिर्भरता र निर्यातमा जोड दिने, प्रदेशमा उत्पादन हुने नगदेवाली, मौसमी वाली, फलफूललगायतको उत्पादन वृद्धि गर्न पकेट क्षेत्र, ब्लक र जोनको रुपमा विकास गर्ने को योजना पुडासैनीको छ।
कृषि, पशु अनुदानलाई व्यवस्थित प्रभावकारी र पारदर्शी बनाउँदै कृषि उद्योग व्यवसाय गर्न सस्तो व्याजदरमा सहज र सरल तरिकाले कर्जा उपलब्ध गराउने र उत्पादनको आधारमा अनुदान उपलब्ध गर्ने नीतिलाई कार्यान्वयन गर्ने उनको लक्ष्य छ।
क्षेत्र नं १ लाई चाहिने आवश्यक जनशक्तिको प्रक्षेपण गरी सोही अनुसारको जनशक्ति उत्पादन गर्न प्राविधिक शिक्षालय स्थापना गर्ने, क्षेत्र नं १ का सबै पालिकामा सुविधायुक्त बहुप्राविधिक शिक्षालय स्थापना गरी प्राविधिक शिक्षा अध्ययन गर्ने र दक्ष जनशक्ति उत्पादन गर्ने बि.पी को चाहना छ।’
सबै स्थानीय तहमा प्राविधिक धारको विद्यालयसहित नमुना विद्यालय बनाउने महत्वाकांक्षी प्रतिबद्धता पनि उल्लेख गर्दै ‘सामुदायिक विद्यालयहरूलाई आवश्यक भवन तथा ल्याब र दरबन्दीसहित शैक्षिक पूर्वाधारसम्पन्न र शैक्षिक गुणस्तरयुक्त बनाइने। गुणस्तरीय प्रविधियुक्त शिक्षा सामुदायिक विद्यालयबाटै प्रदान गर्ने व्यवस्था मिलाउने पुडासैनीको योजना छ ।
सबै पालिका अस्पतालहरूलाई न्युनतम् ५० शय्यामा विस्तार गर्दै विशेषज्ञ डाक्टरसहित दरवन्दी र उपकरणको व्यवस्था गरी उच्चस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने बि.पी. को प्रतिबद्धता छ ।
गर्भवती महिलाहरूको लागि निःशुल्क स्वास्थ्य परीक्षण र प्रसूतिको व्यवस्था, आङ खस्ने पाठेघरको समस्या तथा स्तन क्यान्सरको निःशुल्क उपचार गर्नेदेखि जेष्ठ नागरिकको लागि दन्त उपहार कार्यक्रम सञ्चालन गर्ने, हेमोफेलिया, थालेसेमिया र अटिजम, अब्स्ट्रेटिक फिस्टुला लगायतमा निःशुल्क उपचारको व्यवस्था मिलाउने पनि प्रतिबद्धता उल्लेख गरेका छन् ।
गोरखा क्षेत्र नं १ मा रहेका पर्यटकीय केन्द्रलाई जोड्ने सडक कालोपत्रे गर्ने योजना पुडासैनीको योजना छ। सबै वडासम्म पुग्ने सडकको स्तरोन्नती गरी वर्षभरी सञ्चालन हुनसक्ने अवस्थाको बनाउने प्रतिबद्धता पनि गरेका छन्।
कृषियोग्य सबै जमिनमा सिँचाईको व्यवस्था गर्न नहर, कुलो सिँचाई, लिफ्टिङ सिँचाई, थोपा सिँचाई आदिको व्यवस्था गर्ने, सुख्खाग्रस्त क्षेत्रहरूमा लिफ्टिङ प्रविधिमा आधारित सिँचाईको व्यवस्था गरी उत्पादन वृद्धिमा जोड दिइने ।
यस्तै स्थानीय तह र पर्यटन सम्बद्ध संस्थाहरूको सहकार्यमा पर्यटन प्रवर्दन गरी पर्यटन संस्कृतिको विकास गर्ने, एक घर एक रोजगारी कार्यक्रममार्फत क्षेत्र बासीलाई लाई उत्पादनसँग जोडेर गरिबी निवारण गर्ने, महिला, दलित तथा बालबालिकामाथि हुने सबैखाले हिंसा र विभेद अन्त्य गर्न कानूनी र नीतिगत प्रबन्ध गर्ने पनि प्रतिबद्धता गरेका छन्।
क्याटेगोरी : समाचार
ट्याग : #गोरखा क्षेत्र नं १ मा बि.पी पुडासैनी को उम्मेदवारी किन ?, #बि.पी पुडासैनी
धेरै पढिएका
- १टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- २तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ३तारकेश्वरमा एक महिनादेखि प्रमुख प्रशासकिय अधिकृत नहुँदा जनताका आधारभूत काम ठप्प , भुक्तानी, ठेक्का सम्झौतादेखि बिषयगत शाखाका कर्मचारी टिक्नैसकेनन
- ४काठमाडौंमा भूकम्पको धक्का, धेरैबेर हल्लायो
- ५यात्रुवाहक बसमाथि फपिङ प्रहरीको निगरानी : रौतहटका युवा लागुऔषध सहित पक्राउ
- ६काभ्रे कबड्डी लिग हुने, बिजेतालाई ३० हजार
- ७महानगरमा भाँडभैलो मच्चाएर बालेन बिदामा- प्रशासकीयलाई प्रवेश निषेध, निमित्तले जागिर नै छाडे
- ८बुढीगङ्गा पालिका अस्पतालको ओपिडी राति ८ बजेसम्म खुला
तपाईको कमेन्ट लेख्नुहोस्