Techie IT
शनिबार, वैशाख ६,२०८२

सन्दीप लामिछानेको बैंक खातामा ६५ हजार रुपैयाँ मात्र, चल अचल सम्पत्ति रोक्का गर्न माग


काठमाडौं । बलात्कार आरोपमा सोमबार अदालतमा मुद्दा दर्ता गरिएका क्रिकेटर सन्दीप लामिछानेको चल अचल सम्पत्ति रोक्का गर्न माग गरिएको छ।

काठमाडौं जिल्ला सरकारी वकिलको कार्यालयका अनुसार सन्दीपको एनआईजी एसिया बैंकमा रहेको खातामा रहेको रकम रोक्का गर्न माग गरिएको छ भने उनको नाममा रहेको जग्गा पनि रोक्का गर्न माग गरिएको छ।

जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख अच्युतमणि न्यौपानेले सन्दीपको बैंक खातामा ६५ हजार २ सय ९८ रुपैयाँ रहेको पाइएको बताए ।

जबरजस्ती करणी मुद्दामा पीडितलाई क्षतिपूर्तिको व्यवस्था रहेकाले आरोपीको नाममा रहेको बैंक खाता र जग्गा रोक्का गर्ने चलन रहेको उनले बताए।

सन्दीपविरुद्ध १० देखि १२ वर्ष कैद सजाय माग गर्दै काठमाडौं जिल्ला अदालतमा सोमबार अभियोग पत्र दर्ता भएको छ । सन्दीपविरुद्ध एक १७ वर्षीया किशोरीले बलात्कार आरोप लगाएकी थिइन् ।

सन्दीप असोज २० देखि प्रहरी हिरासतमा छन् । अभियोग पत्र सोमबार भए पनि बयान र थुनछेकको बहसको काम मङ्गलवारबाट मात्र सुरु हुने छ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #सन्दीप लामिछाने, #सन्दीप लामिछानेको बैंक खातामा ६५ हजार रुपैयाँ मात्र


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
17°
Fair
5:32 am6:32 pm +0545