Techie IT
आईतबार, वैशाख ७,२०८२

बहुमतसहित फेरि एमाले देशको नेतृत्वमा आउँछ: ईश्वर पोखरेल


काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले मंसिर ४ को निर्वाचनपछि देशको नेतृत्व फेरि पनि एमालेले गर्ने दाबी गरेका छन् ।

प्रतिनिधिसभाका लागि काठमाडौं क्षेत्र नम्बर-५ बाट उम्मेदवारसमेत रहेका पोखरेलले सोमबार बिहान टोखा नगरपालिका- ६ मा आयोजित कार्यक्रममा देशको नेतृत्व गर्न सक्ने पार्टी एमाले मात्रै भएको बताएका हुन् ।

गत स्थानीय तहको निर्वाचनमा एमालेलाई टर्च बालेर खोज्नुपर्ने बनाउने भन्दै भाषण गर्नेहरुका अगाडि जनताले एमालेलाई सर्वाधिक मत दिएर विजयी गराएपछि अहिले विदेशीहरुसँग मिलेर एमालेलाई सरकारमा आउन नदिन अनेक प्रपञ्च रचिरहेको बताए ।

देश विकास गर्न सक्ने पार्टी एमालेमात्रै हो भन्ने जनताले थाहा पाइसकेको भन्दै केही उपाय नलागेपछि विरोधीहरु जनतामा एमालेकाविरुद्वमा भ्रम छर्न लागिपरेका पोखरेलले जिकिर गरे ।

उनले सत्ता गठबन्धनको आलोचना गर्दै भद्दा र स्वार्थहरूको गठबन्धनले देश विकासको अभियानलाई सञ्चालन गर्न नसक्ने बताए ।


क्याटेगोरी : समाचार
ट्याग : #ईश्वर पोखरेल, #नेकपा एमाले


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
26°
Fair
5:32 am6:32 pm +0545