Techie IT
आईतबार, वैशाख ७,२०८२

अर्को निर्वाचनसम्म भूमिहीन र सुकुम्बासीको समस्या रहने छैन : शंकर पोखरेल


दाङ । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले मंसिर ४ पछि एमालेको सरकार गठन हुँदा सुकुम्बासी र भूमिहीनहरूको समस्या दुई वर्षभित्र टुङ्याउने योजना रहेको बताएका छन् ।

आज आइतबार दाङमा आयोजित चुनावी भेलामा महासचिव पोखरेले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले भूमिहीन र सुकुम्बासी समस्या स्थायी रूपमा समाधान गर्न कानुन निर्माण र शक्तिशाली आयोग गठन गरी काम शुरु गरिरहेको अवस्थामा सरकारबाट हट्नुपरेकाले टुङ्गोमा पुर्याउन नपाएको स्पष्ट पारे ।

महासचिव पोखरेले एमालेलाई बहुमतको सरकार गठन गर्ने गरी विजयी बनाएको खण्डमा अर्को निर्वाचनमा जनतासामु आउँदा भूमिहीन र सुकुुम्वासीको समस्याबारे चर्चा गर्न नपर्ने अवस्था सृजना गरिने बताएका हुन् ।

उनले सुकुम्बासी समस्या समाधान गर्ने काम पहिलो पटक २०५१ सालमा नेकपा (एमाले) को नौ महिने अल्पमतको सरकारले गरेको स्मरण गरे ।


क्याटेगोरी : समाचार
ट्याग : #hot, #नेकपा एमाले, #शंकर पोखरेल


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
24°
Partly Cloudy
5:32 am6:32 pm +0545