संसद विघटनबारे एमाले महासचिव पोखरेलले गठबन्धनलाई दिए यस्तो जवाफ

दाङ । नेकपा एमालेका महासचिव एवम् लुम्बिनी प्रदेशका संस्थापक मुख्यमन्त्री शंकर पोखरेलले नेकपा माओवादीका नेताहरूका कारण तत्कालीन सरकारले संसद विघटन गर्नुपरेको बताएका छन् ।
संसद विघटनबारे वर्तमान गठबन्धन दलहरूले चुनावी एजेण्डा बनाएकोबारे स्पष्ट पार्दै उनले माओवादीका केही नेताको महत्वाकांक्षाका कारण संसद विघटन गरी नयाँ जनादेशका लागि निर्वाचन घोषणा गर्नुपरेको बताएका छन् ।
आज आइतबार दाङमा आयोजित चुनावी भेलालाई सम्बोधन गर्दै महासचिव पोखरेले गठबन्धनका नेताहरूलाई पेचिलो जवाफ फर्काएका छन् । ‘२०७४ को निर्वाचनमा भोट माग्दा काँग्रेसको विरुद्धमा बामपन्थीहरूलाई भोट दिनू भनी माग्ने र निर्वाचन परिणाम आइसकेपछि काँग्रेससँगै गठबन्धन गरेर प्रधानमन्त्री बन्ने प्रयास भयो,’ पोखरेलले भने, ‘उक्त प्रयास जनताको जनमतविपरीत भएकाले ताजा जनादेशमा जानुपर्छ भन्ने मान्यतामा तत्कालीन सरकारबाट संसद विघटन भएको हो ।’
उनले जनताका पक्षमा काम गर्दासम्म कसैले पनि संसद विघटन नगर्ने बताउँदै जनमतविरुद्ध काम हुन थालेपछि त्यसो हुन नदिई पुनः जनतामा जानुपर्छ भन्ने मान्यतामा संसद विघटन गरिएको स्पष्ट पारे । कम्युनिष्टको जनमत फुटाउन अन्तर्राष्ट्रिय शक्तिको हात रहेको र त्यसमा माओवादीका केही नेताहरूले साथ दिएको चर्चा गर्दै महासचिव पोखरेलले भने, ‘विदेशीले के भन्छ त्यस अनुसार चल्ने सरकार होइन, देशको विकास र समृद्धि तथा जनताको हितमा काम गर्ने सरकार गठनका लागि एमालेका पक्षमा मतदान गर्नुहुन विनर्मतापूवर्क अनुरोध गर्दछौँ ।’
महासचिव पोखरेलले वर्तमान गठबन्धन सरकार जनताका समस्यामा कुनै चासो र सरोकार नराख्ने बताउँदै किसानका समस्या समाधानका लागि पनि एमालेको सरकार आवश्यक रहेको बताए । ‘हाम्रो पार्टीका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारका पालामा प्रधानमन्त्री स्वयम्ले बंगलादेशका प्रधानमन्त्रीसँग टेलिफोनमा कुरा गरेर रासायनिक मल किन्ने काम भएको थियो । गठबन्धन सरकारले किसानका लागि खोई मल खरीद गरेको ? तोरी छर्ने बेलामा किसानहरू कालोबजारीमा मल किन्न बाध्य छन् ।’
दाङको घोराही र तुलसीपुर अस्पताल विगतमा रेफर अस्पतालको रूपमा रहेका र अहिले विशेषज्ञ डाक्टरसहितका अस्पतालका रूपमा विकास गरिएको र आगामी दिनमा दाङलाई डाक्टर र नर्स उत्पादन गर्ने जिल्लाका रूपमा परिचय दिइने भन्दै महासचिव पोखरेले नेकपा (एमाले) को शिक्षा, स्वास्थ्य र रोजगारीमा प्राथमिकता रहेको बताए ।
उनले सडक, खानेपानी, सिंचाई र तटबन्ध निर्माणका क्षेत्रमा गरिएका कामको पनि चर्चा गरे । महासचिव पोखरेलले शनिबार पनि चुनावी भेला, भेटघाट कार्यक्रमलाई निरन्तरता दिएका थिए ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #नेकपा एमाले, #शंकर पोखरेल
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्