Techie IT
बिहीबार, माघ ३,२०८१

गोरखामा बजगाई र प्रचण्डको चुनावी अभियान तिब्र


काठमाडौं । नेकपा माओवादि केन्द्रका अध्यक्ष दाहाल र गठबन्धनको तर्फबाट गोर्खा क्षेत्र न १ का उम्मेदवार एवम युवा पर्यटन व्यबसायी राजेन्द्र बजगाई चुनावी प्रचारप्रसारको क्रममा आरुघाट गाउँपालिका पुगेका हुन्। बिगत बर्तमानको राजनीति यात्रा र जिवन काल खण्डलाई स्मरण गर्दै अध्यक्ष दाहालले आरुघाट आरुटार र त्यहाँका जनता सङ्ग भावनात्मक सम्बन्ध भएको कुरा उल्लेख गरेका छन्। जिवनको उर्वरशिल उमेर २२,२३ बर्ष हुँदा स्कुले जीवन बेतित गरेको र ठाउँको माया लाग्ने बताएका छ्न्। यसै बीच गठबन्धनका उम्मेदवार बजगाईले पनि पर्यटकिय हिसाब बाट आरुघाट्लाई माथि उकास्न सहयोग गरेको र बुढिगण्डकी जलविद्युत आयोजनालाई माथि सम्म पुर्याउने योगदान गरेको कुरा खुलासा गरेका छ्न्। जनताको काममा तल्लीन रहने कुरा बताएका छ्न्।  चुनावी प्रचारप्रसार गर्दै आरुघाट, आरुटार हुँदै घ्यापेसाल र सहिदलखन गाउँपालिका पुगेका छ्न्। जनताको घर दैलोमा पुगेका यी दुई नेता
देखेर स्थानीय जनता खुसी छ्न् ।


क्याटेगोरी : समाचार
ट्याग : #गाेरखा


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu
10°
Mostly Cloudy
6:54 am5:32 pm +0545