Techie IT
आईतबार, वैशाख ७,२०८२

गोरखा दुवै क्षेत्रको विकासको जिम्मा लिन्छु: प्रचण्ड


गोरखा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले आफू गोरखाबाट चुनाव लड्न आउनुमा कांग्रेस नेता राजेन्द्र बजगाईको पनि भूमिका रहेको भन्दै गोरखा १ मा आफूलाई सम्झेर बजगाईसहित गठबन्धनका उम्मेदवारलाई जिताउन आग्रह गरेका छन् ।

निर्वाचन क्षेत्र गोरखा २ जाने क्रममा क्षेत्र नम्बर १ को आरुघाटमा स्थानीयसँगको भेटघाटका क्रममा अध्यक्ष प्रचण्डले आरुघाट र आरुटार आउँदा आफूलाई गहिरो आत्मीयताको भावनात्मक सम्बन्ध ताजा हुने गरेको बताए । प्रचण्डले आरुघाटमा आफूले ३ वर्ष अध्यापन गरेका क्षणहरु सम्झिए ।

उनले भने–आरुटार आउँदा गहिरो आत्मीयताको भावनात्मक सम्बन्ध ताजा हुन्छ । यहाँ तीन वर्ष अध्यापन गरेँ २२,२३ वर्षको उमेरमा । अघि राजेन्द्र बजगाईजीले भन्नुभयो,प्रचण्डले आरुघाटलाई असाध्यै माया गर्दोरहेछ । मैले होइन तपाईहरुले मलाई माया गर्नुभएको छ ।

आफूलाई पार्टीले गोरखा १ बाट चुनाव लड्न शुरुमा सिफारिस गरेको र आरुघाटमै पढाएकाले पनि आफूलाई यहाँ आउन मन भएको उनले बताए । तर पार्टीमा छलफल हुँदा क्षेत्र नम्बर २ उपयुक्त ठानेर उम्मेदवारी दिए पनि क्षेत्र नम्बर १ समेत आफ्नै रहेको उनले बताए ।

प्रचण्डले भने– छलफल गर्दै जाँदा देशभरी पनि घुम्नुपर्ने भएकाले सहज ठाउँ २ नम्बर पो हो क्यारे भन्ने सुझाव आयो । म २ नम्बरमा आउनुमा राजेन्द्र बजगाईजीको पनि यो वातावरण बनाउन केही न केही भूमिका रह्यो एक र दुई मेरो लागि खासै फरक होइन,मुख्य कुरा म गोरखा आएँ । गोरखाको जनताको मत लिएर जान चाहान्छु । र दुवैतिरको विकासलाई समानरुपले लैजान्छु ।

प्रचण्डले आफू आरुघाट आउँदा त्यो बेला लठ्ठी खेलेको सम्झना समेत आउँने गरेको बताए ।


क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #hot, #गोरखा दुवै क्षेत्रको विकासको जिम्मा लिन्छु- प्रचण्ड, #पुष्पकमल दाहाल प्रचण्ड


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
24°
Fair
5:32 am6:32 pm +0545