एक्लोपनको कथामा ‘महापुरुष’

काठमाडौँ । फ्राइडे फिल्मअन्तर्गत ‘महापुरुष’ प्रदर्शन भएको छ ।
एकल प्रदर्शनमा आएको फिल्मलाई जात्रा, शत्रु गते र जात्रै जात्रा निर्देशन गरेर दर्शक र समीक्षकको मन जितिसक्नु भएका निर्देशक प्रदीप भट्टराईले लेखन र निर्देशन गर्नुभएको छ ।
सार्वजनिक प्रदर्शन अगावै यसको काठमाडौँमा वर्ल्ड प्रिमियर र उपत्यका बाहिर चितवन र इटहरीमा मोफसल प्रिमियर भइसकेको छ ।
मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, गौरी मल्ल, राजाराम पौडेल, रवीन्द्र सिंह बानियाँ, शिरु विष्टसँगै नवप्रस्तुतिमा अरुण क्षेत्री र अन्जना बराइली मुख्य भूमिकामा रहेका फिल्ममा एक्लोपनको विषयवस्तु देखाइएको छ ।
फिल्म आदर्शनगर भन्ने समाजबाट सुरु हुन्छ । जहाँ देखिँदा सबै आदर्शवादी छन् । अन्यले पनि त्यहाँको सभ्य समाजको चर्चा गर्ने गरेका छन् । फिल्ममा बालकृष्ण केसी ९हरिवंश०ले अवकाशप्राप्त शिक्षकको भूमिका निर्वाह गर्नुभएको छ ।
उहाँको श्रीमतीको देहान्त भइसकेको छ भने दुई छोरा छन् । जेठो छोरा विदुर केसी ९रवीन्द्र० आफ्नी श्रीमती र बच्चासँग छुट्टै बस्नुहुन्छ । कान्छो छोरा विज्ञान ९अरुण० भने स्वदेशमा केही नभएपछि अष्ट्रेलिया जान कोसिस गरिरहनुभएको छ ।
आदर्श नगरमा केही वृद्धहरू पनि छन् । यद्यपि बाहिर सुखी देखिए पनि मनभित्र खुसी छैनन् । आफ्नो सन्तानको खुसीकै लागि उनीहरू बाँचेर बसिरहेका छन् । फिल्मको कथालाई बालकृष्णकै माध्यमबाट भनिएको छ । उहाँलाई समाजले ‘महापुरुष’ भन्छन् । विज्ञान अष्ट्रेलिया जानलाई केही उपाय नलागेपछि प्रतिष्ठा ९अन्जना०सँग डिपेन्डेन्टमा जान तयार हुनहुन्छ । यद्यपि प्रतिष्ठा भने वास्तविक बिहे गरेर नै जाने योजनामा हुनहुन्छ । उनीहरूको भेट कन्सल्टेन्सीमार्फत भेट हुन्छ । प्रतिष्ठाको पिता मदनकृष्ण र आमा कोपिला पनि विज्ञानलाई देखेपछि विवाह गर्न तयार हुनुहुन्छ ।
सम्धी एक्लै र आदर्श नगरमा बसोबास रहेको थाहा पाएपछि मदनकृष्णले ‘महापुरुष’ कै उपाधिसमेत दिनुहुन्छ । तर बाहिरबाट जति सुखी देखिएता पनि भित्र मनबाट त्यति नै एक्लो हुनहुन्छ बालकृष्ण । घरमा कुरा गर्नेसमेत कोही नभएपछि उहाँले सुगासँग आफ्नो मनको कुरा गर्ने गर्नुभएको छ । श्रीमती छैनन् । एउटा छोरा श्रीमतीसँग अलग्गै बस्ने र कान्छो छोरा अष्ट्रेलिया जने भएपछि झनै एक्लो महसुस गर्नुहुन्छ । यहीँ कारण उहाँ बिरामी पर्नुहुन्छ । डाक्टरले बाहिर घुमघाम गराउन र व्यस्त बनाउन आग्रह गरेपछि छिमेकी बाबुराम ९राजाराम०सँग छोराहरूले नाटक हेर्न पठाउँछन् ।
त्यहाँ हरिवंशको भेट फुलमाया ९गौरी०सँग हुन्छ । बिस्तारै उहाँहरू नजिकिनुहुन्छ । बुबाको विवाहको कारणले आफ्नो विवाह नहुने र अष्ट्रेलिया जान नपाउने थाहा पाएपछि विज्ञान झनै दुईलाई छुट्याउन लाग्नुहुन्छ । त्यसले घटाउने विविध घटनाक्रमले बालकृष्णले फुलमायाले घरमै ल्याउनुहुन्छ । त्यसपछि कथामा द्वन्द्वको सुरुआत हुन्छ । बालकृष्ण र फुलमायाको विवाह होला त रु आदर्शनगरले त्यो सम्बन्धलाई कसरी लेला रु विवाह गरेर अष्ट्रेलिया जाने तयारीमा रहेका विज्ञानले आफ्नो सट्टा बुबाको विवाह गराउनु होला रु यी सब प्रश्नको जवाफ फिल्म हेरेपछि पाइन्छ ।
“हामीले एक्लो अभिभावकको कथालाई सरल प्रस्तुतिमार्फत फिल्ममा भनेका छौँ । यसले भरिपूर्ण मनोरञ्जन दिन्छ नै साथी हलबाहिर आउँदासम्म प्रभाव पार्छ भन्ने विश्वास छ”, निर्देशक भट्टराईले भन्नुभयो । अघिल्लो फिल्महरूमार्फत प्राप्त गरेको विश्वासलाई घट्न नदिने कार्यकारी निर्माता रवीन्द्र सिंह बानियाँले जानकारी दिनुभयो । “फिल्म हेर्दाको समय र पैसा खेर जाँदैन । हामीले विश्वास बढाउने काम गरेका छौँ । दर्शकले मनोरञ्जनसँगै हाम्रो समाजको छुट्टै रूप देख्न पाउनुहुनेछ”, कार्यकारी निर्माता बानियाँले भन्नुभयो । षट्कोण आर्टस प्रालिको ब्यानरमा फिल्मलाई दीपेश खत्रीले निर्माण गर्नुभएको हो । रासस
क्याटेगोरी : मनोरञ्जन/साहित्य, समाचार
ट्याग : #hot, #एक्लोपनको कथामा ‘महापुरुष’, #महापुरुष
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्