Techie IT
आईतबार, वैशाख ७,२०८२

सत्ताका लागि गठबन्धनले देशपनि बेच्छन् : अध्यक्ष ओली


काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारूढ गठबन्धन सत्ता स्वार्थका लागि देश पनि बेच्न तयार रहेको आरोप लगाएका छन् । सत्ताका लागि अंश अंश गरेर देश बेच्न गठबन्धन तयार रहेको उनको भनाई छ ।

‘सत्ता स्वार्थका लागि यिनीहरू देशपनि बेच्न तयार हुन्छन् । यिनीहरूको कुरा किन गर्ने रु,’ तिहारका अवसरमा एमाले ललितपुरले आयोजना गरेको शुभकामना आदान–प्रदान कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले भने,‘सिङ्गै देश ढ्वाक्कै लगेर भण्डा, टमाटर सिमी बेचेजस्तो तराजुमा लगेर बेच्न नसक्लान् तर, अंश अंश गरेर देश बेच्छन् ।’

हिस्सा, अंश, हित र स्वाभिमान अंश अंश बेच्दा एक दिन देश नै बेचिसक्ने अध्यक्ष ओलीले बताए । उनले भने,‘अलिकति हिस्सा बेच्छन्, अलिकति अंश बेच्छन्, अलिकति हित बेच्छन्, अलिकति तल पार्छन् । स्वाधीनता बेच्छन्, स्वाभिमान बेच्छन् । सार्वभौमसत्ता बेच्छन् । अंश अंश गरेर बेच्छन् ।’


क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #hot, #केपी शर्मा ओली, #नेकपा एमाले, #सत्ताका लागि गठबन्धनले देशपनि बेच्छन् : अध्यक्ष ओली


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
26°
Fair
5:32 am6:32 pm +0545