Techie IT
आईतबार, वैशाख ७,२०८२

खेलकुद क्षेत्रको विकास एमालेले मात्रै गर्न सक्छ : ईश्वर पोखरेल


काठमाडौं। नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नेपालको खेलकुद क्षेत्रको बिकास एमालेले मात्रै गर्न सक्ने बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा पोखरेलले नेपालको खेलकुदसम्बन्धी ठूला–ठूला पूर्वाधारका काम एमाले नेतृत्वको सरकारले मात्रै गरेको दाबी गरेका छन् ।

उनले कीर्तिपुर रंगशालाको स्तरोन्नति, सातै प्रदेशमा क्रिकेट रंगशाला निर्माण अघि बढाउने, एक पालिका एक खेलकुदग्रामको कार्यक्रमअन्तर्गत करिब दुई सय पालिकामा कामको सुरुवात लगायत कार्यहरू एमाले सरकारले नै गरेको बताएका छन् ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #ईश्वर पोखरेल, #खेलकुद क्षेत्रको विकास एमालेले मात्रै गर्न सक्छ : ईश्वर पोखरेल, #नेकपा एमाले


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
27°
Fair
5:32 am6:32 pm +0545