काठमाडौँ–८ मा ४० उम्मेदवार चुनावी मैदानमा

काठमाडौँ। आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा काठमाडौँ क्षेत्र नं ८ मा ४० उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् ।
काठमाडौँ क्षेत्र नं ८ बाट दुई प्रदेशसभा र एक प्रतिनिधिसभा सदस्यका लागि विभिन्न राजनीतिक दलका ३१ र नौ स्वतन्त्र उम्मेदवारी परेको काठमाडौँ जिल्ला निर्वाचन अधिकारी ठाकुरप्रसाद अधिकारीले जानकारी दिनुभयो । अधिकारीका अनुसार निर्वाचन क्षेत्र नं ८ प्रदेशसभा १ मा दलका तर्फबाट आठ र स्वतन्त्र उम्मेदवार एक गरी नौ उम्मेदवार छन् । प्रदेशसभा २ मा दलतर्फ सात र स्वतन्त्र पाँच गरी १२ उम्मेदवारी परेको छ । क्षेत्र नं ८ को प्रतिनिधिसभा सदस्यका लागि दलका तर्फबाट १६ र स्वतन्त्रबाट तीन गरी १९ जना उम्मेदवार प्रतिस्पर्धामा छन् ।
प्रदेश १ मा ३० हजार ४९ र प्रदेश २ मा २३ हजार ५७ गरी उक्त क्षेत्रमा जम्मा ५३ हजार एक सय ६ मतदाता रहेको अधिकारीले बताउनुभयो । जम्मा २३ मतदानस्थल रहेको निर्वाचन क्षेत्र नं ८ भित्र ६१ मतदान केन्द्र निर्धारण गरिएको छ । उक्त क्षेत्रमा काठमाडौँ महानगरपालिकाका ६ र नागार्जुन नगरपालिकाका दुई वडा समेटिएका छन् । यो क्षेत्रमा काठमाडौँ महानगरपालिकाका १३, १५, १९, २०, २३, २४ र नागार्जुन नगरपालिकाका वडा नं ४ र ५ समेटिएका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #काठमाडौँ, #काठमाडौँ–८ मा ४० उम्मेदवार चुनावी मैदानमा
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्