गोरखा क्षेत्र नं १ मा स्वतन्त्र उम्मेदवार बि. पि. पुडासैनीको उम्मेदवारी किन ?

गोरखा । आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनले मुलुक तातेको छ। यसै सन्दर्भमा हामिले गोरखा क्षेत्र नं १ का स्वतन्त्र उम्मेदवार बि. पि.पुडासैनी लाई सोधेका थियौं तपाईँलाई किन मत दिने, टायर चिन्हमानै किन मतदान ?
म के गर्न चाहँन्छौ भन्दा पहिलो कुरा लोकतन्त्रलाई सुदृढिकरण गर्न चाहन्छु। लोकतन्त्रको विस्तार गर्न चाहन्छौ। यो मैले किन भन्दै छु भने हाम्रो लोकतन्त्रको इतिहास स्थिर रहेन्।
नेताहरुको अश्लिलताले हामी धेरै पछाडि पर्यौ। यसले गर्दा लोकतान्त्रिक स्थिरता मेरो प्राथमिक मुद्दा हो। म त्यसका लागि चुनावमा जनतासँग भोट माग्दैछु त्यो कुरा गोरखा क्षेत्र नम्बर १ को सम्बृद्धिको कुरा हो।
हामी जुन ठाउँमा छौ, त्यसमा सम्बृद्धिको विकास गरेनौं भने त्यसमा टिक्न गाह्रो छ। मैले तिब्र आर्थिक विकास त्यसै भनेको होइन। आज चीनमा जे हुँदैछ, भारतमा जे हुँदैछ त्यसलाई हेरेर हामीले तिब्र आर्थिक विकास गर्नै पर्छ। यदि त्यसो गर्न सकिएन भने त्यहाँका प्रभावहरु, त्यहाँका सुरक्षा त्यहाँका राजनीतिक चासोँहरु, तिनीहरुका संवेदाशिलताहरु यति आकासिदै जानेछन्, तिनीहरुलाई हामीले देख्न सक्दैनौ।
त्यसले गर्दा हामीले तिब्र आर्थिक विकास गर्नैपर्ने छ। तर जोड्नै पर्ने कुरा छोड्नै नहुने कुरा आज हामीले तिब्र विकासको जुन कुरा गर्छौ, त्यतिखेर समानतामा आधारित कुरा हो भन्ने हामीले भुल्न हुँदैन। किनभने समानतामा नभएको विकास धेरै मुलुकमा असफल भयो। त्यसले झनझन ठूलाठूला संकटहरु ल्यायो। अझ, हाम्रो जस्तो राजनीति, हाम्रो जस्तो लोकतन्त्रिक आन्दोलनको इतिहास यी सबै भएको हाम्रो जस्तो संविधान भएको मुलुकमा हामी समानताका लागि आधारित भएनौं भने हामी भन्ने गरेको तिब्र विकास पनि राम्ररी अगाडि बढ्न सक्दैन्।
# मेरो पहिलो लक्ष्य भनेको गोरखकाली रबर उद्योग लाई संचालनमा ल्याएर गोरखाबासी हजारौं यूवा लाई रोजगार प्रदान गर्नु हो ।
यस रबर उद्योगको २४ घण्टामा ६२४ थान ट्रकटायर र ननट्रक टायर उत्पादन गर्ने क्षमता रहेको छ।
बिगतमा एकबर्षमा ५६ दिनमात्र सञ्चालन हुँदा पनि उद्योगले कर्मचारी, मजदुरको ब्यबस्थापन गरेर नाफा कमाउने गरेको थियो ।
यस्तो उद्योगहरु संचालन गरेर गोरखाली जनताको जिवनस्तमा आर्थिक क्रान्ति ल्याउने मेरा सपना हो ।
क्याटेगोरी : समाचार
ट्याग : #गोरखा क्षेत्र नं १ मा स्वतन्त्र उम्मेदवार बि. पि. पुडासैनीको उम्मेदवारी किन ?, #बि. पि. पुडासैनी
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्