Techie IT
शनिबार, वैशाख ६,२०८२

बझाङमा जीप दुर्घटना ६ जनाको मृत्यु


काठमाडौं। बझाङमा बुधबार जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ ।

बुधबार अपरान्ह ४ बजे मष्टा गाउँपालिकामा जीप दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा ८ जना घाइते भएका छन् । नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीयले घाइतेहरुको उद्वार गरेका छन् ।

घाइते भएका केहीको अवस्था गम्भीर रहेको बताइएको छ । जिप सडकबाट करिब १ सय ५० मिटर तल खसेको छ ।

गाडि क्षतविक्षत अवस्थामा रहेकाले गाडि नम्बरसमेत पत्ता नलागेको प्रहरीले जनाएको छ । जीपमा कति जना सवार थिए भन्ने एकिन भइसकेको छैन ।

दुर्घटनाको कारण खुल्न सकेको छैन ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #दुर्घटना, #बझाङमा जीप दुर्घटना ६ जनाको मृत्यु


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
19°
Partly Cloudy
5:33 am6:31 pm +0545