Techie IT
आईतबार, वैशाख ७,२०८२

आगामी निर्वाचन हाम्रो लागि जीवन मरणको सवाल हो: माओवादी अध्यक्ष प्रचण्ड


काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी ४ मंसिरको निर्वाचन आफूहरुका लागि जीवन मरणको सरह भएको बताएका छन् ।

प्रेस सेन्टर ललितपुरले प्रकाशन गरेको बेपत्ता पत्रकार मिलन नेपालीको सम्झनाको मिलन स्मारिका विमोचनका क्रममा बुधबार बिहान उनले आगामी निर्वाचन आफूहरूका लागि मात्र नभएर नेपाली जनताकै जीवन-मरणको सवाल भएको बताएका हुन् ।

आगामी चुनाव चुनाव मात्र नभएर प्राप्त उपलब्धिको रक्षा गर्ने र उल्ट्याउनेबीचको लडाइँ भएको बताए ।

आगामी निर्वाचनलाई आफूलाई सामान्य निर्वाचनका रूपमा मात्र लिने छुट नभएको उनले स्पष्ट पारे ।


क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #पुष्पकमल दाहाल प्रचण्ड


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
24°
Fair
5:32 am6:32 pm +0545