काठमाडौं ४: राजन भट्टराई र गगन थापा कसले मार्ला बाजी ?

काठमाडौं । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन नजिकिँदै गर्दा उम्मेदवारहरु चुनावी प्रचारप्रसारमा होमिएका छन् । नेताको आआफ्नै तरिकाको प्रचार छ । यही प्रचारमा खटिने मध्ये काठमाडौं क्षेत्र नम्बर ४ का दुई उम्मेद्वार नेपाली कांग्रेसतर्फका गगन थापा र एमालेका तर्फका राजन भट्टराई चुनावी सरगर्मी चर्चामा छ ।
गगन थापा लगातार यो क्षेत्रबाट निर्वाचित हुँदै आएका छन् । विसं २०७० मा दोस्रो संविधानसभाको निर्वाचनदेखि लगातार निर्वाचित थापा फेरि आफ्नो विरासत जोगाउने अभियानमा छन् । यता एमाले नेता डा. भट्टराई थापाको विरासतलाई उल्टाउने र विगतको हारको जवाफ दिने भन्दै चुनावी मैदानमा उत्रिएका छन् ।
सत्ता गठबन्धनबाट नेता थापा र एमालेबाट नेता भट्टराईबीचको आगामी निर्वाचनमा पनि राम्रै टक्कर हुने भन्दै कसले बाजी मार्ने भन्ने चर्चा आम रुपमा पनि भइरहेको छ ।
गगनले यसअघि एमालेका भट्टराईसहित निर्मल कुइँकेल, नेकपा माओवादी केन्द्रका नेता तथा हालका उपराष्ट्रपति नन्दबहादुर पुनलाई हराउँदै निर्वाचित भएका थिए । भट्टराईको भिडन्त थापासँग यो दोस्रो पटक हो । २०७४ सालको निर्वाचनमा थापाले २१ हजार ५५१ मत ल्याउँदा भट्टराईले १८ हजार १४० मत ल्याएका थिए । भट्टराई तीन हजार मतान्तरले थापासंग पराजित भएका थिए ।
दुवै नेताको राजनीतिक पृष्ठभूमि विद्यार्थीबाटै हो । डा।भट्टराई परराष्ट्रमामिला विज्ञ मानिन्छन् भने थापा नेपाली कांग्रेसको महामन्त्रीसमेत रहेका लोकप्रिय युवा नेता हुन् । तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल र केपी शर्मा ओलीका परराष्ट्र सल्लाहकारको भूमिका निर्वाह गरेका डा। भट्टराई प्रबुद्ध व्यक्ति समूह९नेपाल भारत०का सदस्य हुन् । भट्टराईले ‘स्कूल अफ इन्टरनेशनल स्टडिज’ अन्तर्गत ‘भारत–चीन सम्बन्धका सन्दर्भमा नेपालको बदलिँदो सुरक्षा दृष्टिकोण’ शीर्षकमा जवाहरलाल नेहरु विश्वविद्यालय, भारत, नयाँदिल्लीबाट २०६९ सालमा विद्यावारिधि गरेका छन् । युवा नेता थापाले लोकतान्त्रिक आन्दोलनमा खेलेको भूमिका, पुष्पकमल दाहाल ‘प्रचण्ड’नेतृत्वको सरकारमा स्वास्थ्यमन्त्री हुँदा गरेका केही उदाहरणीय कामले लोकप्रिय मानिन्छन् ।
अनेरास्ववियुबाट राजनीति गर्दै केन्द्रीय सचिवसमेत बनेका डा।भट्टराई अहिले एमाले केन्द्रीय सदस्य हुन् । थापा नेपाल विद्यार्थी संघको महामन्त्री हुदै अहिले पार्टीकै महामन्त्री छन् । थापा र भट्टराईसँगै भर्खरै नेपाल मजदुर किसान पार्टीका रमेश डंगोल, राप्रपाका डा।ठाकुरमोहन श्रेष्ठ, लोकतान्त्रिक समाजवादीका भानुकुमार खड्का लगायत ३० जना यो क्षेत्रमा चुनावी प्रतिष्पर्धामा छन् । स्वतन्त्रबाट मात्रै यो क्षेत्रमा १३ जना उम्मेद्वारी चुनावी मैदानमा छन् ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #breaking, #काठमाडौं ४ मा राजन भट्टराई र गगन थापा कसले मार्ला बाजी ?, #गगन थापा, #प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा १० अर्ब खर्च हुने अनुमान, #राजन भट्टराई
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्