निर्देशन दिँदै देउवाले भने– रुख, हँसिया हतौडा, कलम जे छ त्यसमै भोट हाल्नुस्

प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवाले सत्तारुढ गठबन्धनका उम्मेदवारहरूलाई भोट हाल्न पार्टीका नेता–कार्यकर्तालाई निर्देशन दिएका छन् ।
प्रधानमन्त्री देउवाले आफूले हँसिया हथौडामा भोट हालिसकेको र आगामी निर्वाचनमा पनि हाल्ने उल्लेख गर्दै कांग्रेसका नेता–कार्यकर्ताले पनि त्यसै गर्ने बताए । मंगलबार ललितपुरमा आयोजित सत्तारुढ गठबन्धनको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले आगामी निर्वाचनमा सत्तारुढ गठबन्धनले अत्यधिक बहुमत ल्याउने गरी मतदान गर्न पनि आममतदातालाई आग्रह गरेका हुन् ।
‘कलम भएको ठाउँमा कलमलाई नै, हँसिया हतौडा भएको ठाउँमा हँसिया हतौडालाई र रुख भएको ठाउँमा रुखलाई नै भोट हाल्ने । यति भए पुगिहाल्यो नि । किन चाहियो अरु कुरा रु,’ उनले भने ।
सत्तारुढ गठबन्धनले अत्यधिक बहुमत ल्याए मुलुकमा स्थायी शान्ति, स्थायी लोकतन्त्र र गणतन्त्रले पनि स्थायित्व पाउने उनको भनाइ थियो । प्रधानमन्त्री देउवाले गठबन्धन दलहरूबीच अविश्वासको वातावरण नरहेको भन्दै खुसीसमेत व्यक्त गरे ।
प्रधानमन्त्री देउवाले सत्तारुढ दलका नेताहरूले सरकारलाई सहयोग गरेको भन्दै धन्यवादसमेत दिए । उनले संसद दुईपटक भंग गरेर तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान मिच्ने काम गरेको तर आफूहरूले त्यसलाई जोगाएको पनि बताए ।
क्ष्कष्लिनतयलमबख
प्रधानमन्त्री देउवाले मुलुक बिजुली बेचेर सम्पन्न बनाउने गरी भारतसँग बिजुली खरिद सम्झौता गर्न आफू नेतृत्वको गठबन्धन सरकार सफल भएको बताए ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #शेरबहादुर देउवा
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्