Techie IT
शनिबार, वैशाख ६,२०८२

प्रदेश नं १ र मधेस प्रदेशबाट मतपत्र ढुवानी सुरु


काठमाडौँ । निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फको छपाइ भएको मतपत्र प्रदेश नं १ र मधेस प्रदेशबाट ढुवानी सुरु गरेको छ ।

समानुपातिक निर्वाचन प्रणालीतर्फको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि हालसम्म खोटाङ, ओखलढुङ्गा, सोलुखुम्बु, उदयपुर, सप्तरी, महोत्तरी, धनुषा, सिरहा, ताप्लेजुङ, पाँचथर, इलाम, झापा, सङ्खुवासभा, तेह्रथुम, भोजपुर, धनकुटा, मोरङ र सुनसरीमा उक्त मतपत्र ढुवानी भएको आयोगले जनाएको छ ।

समानुपातिक निर्वाचन प्रणालीका लागि कूल चार करोड छ लाख पाँच हजार मतपत्रको छपाइ सम्पन्न भएको छ ।

जसमध्ये प्रतिनिधिसभातर्फको समानुपातिक प्रणालीका लागि दुई करोड चार लाख २१ हजार र सात वटै प्रदेशका लागि समानुपातिकतर्फ दुई करोड एक लाख ८४ हजार मतपत्रको छपाइ सम्पन्न भएको हो ।

पहिलो हुने निर्वाचित हुने प्रणालीका लागि आजसम्ममा १७ लाख मतपत्र छपाइ भएको आयोगले जनाएको छ ।

भक्तपुरस्थित जनक शिक्षा सामग्री केन्द्र लिमिटेडमा उच्च सुरक्षासहित मतपत्र छपाइ भइरहेको छ ।
रासस


क्याटेगोरी : समाचार
ट्याग : #hot, #निर्वाचन आयोग


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
17°
Fair
5:32 am6:32 pm +0545