Techie IT
आईतबार, वैशाख ७,२०८२

मैले टिकट नपाए पनि एमालेका उम्मेदवार जिताउन लाग्नेछु : नेता रावल


काठमाडौं । नेकपा एमालेका नेता डा. भीम रावलले पार्टीले आफूलाई टिकट नदिए पनि एमालेले खडा गरेका उम्मेदवारहरू जिताउन लाग्ने बताएका छन् ।

बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै रावलले आफूले टिकट नपाए पनि मंसिर ४ गते हुने चुनावमा एमालेका उम्मेदवारलाई जिताउन लाग्ने धारणा व्यक्त गरेका हुन् । पत्रकार सम्मेलनमा पार्टी र पार्टी नेतृत्वको तीव्र आलोचना गरेका उनले एमालेका उम्मेदवारलाई जिताउन भने कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

आफूले पार्टीलाई सही दिशामा लैजान आवाज उठाएकै कारण आफूलाई उम्मेदवार बन्न नदिएको हुनसक्ने बताउँदै टिकटकै कारण पार्टी नछोड्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन् । ‘अब पार्टीभित्रै रहेर न्याय र स्वाधीनताका लागि लड्छु तर पार्टी छोड्दिनँ,’ पत्रकार सम्मेलनमा उनले भने ।

आफू स्वतन्त्र उम्मेदवारी दर्ता गराएर चुनावमा जान सक्ने भए पनि आफू त्यस्तो निर्णयमा नपुगेको रावलको भनाई थियो ।


क्याटेगोरी : समाचार
ट्याग : #hot, #नेकपा एमाले, #भारतसँगको नेपाली सिमानामा काँडेतार लगाउनु पर्छ : भीम रावल


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
26°
Fair
5:32 am6:32 pm +0545