Techie IT
सोमबार, वैशाख ८,२०८२

निर्वाचन : भक्तपुरमा एमाले, नेमकिपा र गठबन्धनको मुख्य प्रतिस्पर्धा


भक्तपुर । संघीय संसद र प्रदेश सभाको निर्वाचन आउन ३८ दिन बाकीँ छ ।

मंसिर ४ गते उक्त निर्वाचनको तयारीमा भक्तपुर जिल्लामा सक्रिय राजनीतिक दलहरु लागिरहेका छन् ।

दुई निर्वाचन क्षेत्र र ४ प्रदेशसभा रहेको भक्तपुरमा मुख्यतः नेकपा एमाले, गठबन्धन र नेमकिपाको प्रतिस्पर्धा हुने देखिन्छ । राप्रपा, राप्रपा नेपाल, स्वतन्त्र पार्टी जनमत बलियो बनाउन लागिरहेका छन् ।

दलहरु बाहेक केही व्यक्तिगत रुपमा पनि स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचनको प्रचारप्रसारमा लागिसकेका छन् ।

भक्तपुर जिल्लाको १ नंनिर्वाचन क्षेत्रको (क) प्रदेशसभामा १८ जना, ख) ९ जना, संघतर्फ १४ जनार २ नं क्षेत्रको (क) प्रदेशसभातर्फ १३ जना, (ख) मा पनि १३ जना र २६ संघीय संसदतर्फ उम्मेदवार बनेका छन् । दुई क्षेत्र संघ र चार क्षेत्र प्रदेश गरेर भक्तपुर ९३ जना उम्मेदवार रहेको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी भिब बीसीले जानकारी दिए ।

कति छन् भक्तपुरमा मतदाता ?

भक्तपुर जिल्लामा चार वटा स्थानीय तहमा २ संघीय निर्वाचन क्षेत्र र चार प्रदेश सभा निर्वाचन क्षेत्र रहेको छ । जहाँ मतदाताको संख्या १ लाख ९४ हजार ४३९ जना मतदाता छन् । जसमा पुरुष ९४ हजार ६ सय ८३, महिला ९९ हजार ७ सय ५१ र अन्य ५ जना छन् ।

निर्वाचन क्षेत्र १ (भक्तपुर र चाँगुनारायण नगरपालिका) १ लाख २ हजार ५ सय २८ जना मतदाता रहेका छन् । सोही क्षेत्रको क) प्रदेश सभा (चाँगुनारायण नगरापलिका र भक्तपुर नगरपालिकाकोको वडा न. १० मा ४८ हजार ७ सय ४४ जना मतदाता रहेका छन् । ख)तर्फ (भक्तपुर नगरपालिकको ९ वटा वडा)मा ५३ हजार ७ सय ८४ जना मतदाता रहेका छन् ।

त्यसैगरी २ नं. निर्वाचन क्षेत्रमा ९१ हजार ९ सय ११ जना मतदाता रहेका छन् । सो क्षेत्रको क) प्रदेश सभा (सूर्यविनायक नगरपालिका)मा ४९ हजार २ सय ३८ र ख) प्रदेश सभा (मध्यपुरथिमि नगरपालिका) ४२ हजार ६ सय ७३ जना मतदाता रहेका छन् ।

को–को छन् उम्मेदवार ?

संघतर्फ निर्वाचन क्षेत्र १. मा नेकपा एमालेका नवराज गेलाल, गठबन्धनका सुनील गोठे (माओवादी केन्द्र), नेमकिपाका प्रेम सुवाल, राप्रपाका भरत खड्का, राप्रपा नेपालका माधव खत्रीलगायत रहेका छन् । सोही क्षेत्रको (क) मा एमालेका मोहनवीर श्रेष्ठ, काङ्ग्रेसका सुरेश श्रेष्ठ, राप्रपाका राजु कुइकेल, नेमकिपाका मिनबहादुर बाटालगायतका रहेका छन् । (ख) प्रदेश सभातर्फ नेमकिपाका सुरेन्द्रराज गोसाई, एमालेका नारायण सुन्दर शिन्तकला, काङ्ग्रेसका पवन भुजुलगायतका रहेका छन् ।

२ नं निर्वाचन क्षेत्रमा संघतर्फ एमालेका महेश बस्नेत, काङ्ग्रेसका दूर्लभ थापा, नेमकिपाकी अनुराधा थापा मगर, राप्रपाका मोहन केसीलगायतका रहका छन् । सो क्षेत्रको क) प्रदेशसभातर्फ एमालेका किरण थापा मगर, काङ्ग्रेस विष्णुराज कार्की, नेमकिपाका सरोजराज गोसाईलगायत उम्मेदवार बनेका छन् । ख)तर्फ एमालेका चन्दनकृष्ण श्रेष्ठ, नेकपा एसका डा. राजेन्द्रमान श्रेष्ठ, नेमकिपाका रमेश वैद्यलगायत रहेका छन् ।


क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #hot, #नेमकिपा र गठबन्धनको मुख्य प्रतिस्पर्धा, #संघ र प्रदेशसभाको निर्वाचन : भक्तपुरमा एमाले


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
18°
Mist
5:31 am6:33 pm +0545