गठबन्धन सरकार अधिनायकवादी बन्दै: केपी ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन सरकारले मुलुकमा अधिनायकवाद लाद्न खोजेको वताउँदै लोकतन्त्रको रक्षाका लागि बलिदान दिन आफू तयार रहेको बताउनुभएको छ ।
पार्टीको जनसंगठन राष्ट्रिय युवा संघको भेलालाई आज काठमाडौंमा सम्बोधन गर्दै अध्यक्ष ओलीले अहिले पनि आफूमा देश, जनता, राष्ट्र, राष्ट्रियता र लोकतन्त्रका लागि सङ्घर्ष गर्ने युवा जोश, जाँगर र सङ्कल्प रहेको बताउनुभयो ।
अध्यक्ष ओलीले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई दिएको सुरक्षा सरकारले खोसेको भन्दै त्यो काम अधिनायकवादको पराकाष्टा भएको बताउनुभयो ।
अध्यक्ष ओलीले सरकारलाई जे मन लाग्यो त्यही गर्ने होइन भन्दै लोकतान्त्रिक गतिविधि गर्न सचेत गराउनुभयो ।
अध्यक्ष ओलीले ४६ साल यता २१ वर्ष सरकार चलाएको काङ्ग्रेसले देशका उद्योगधन्दा बेचेर खाएको चर्चा गर्दै एमाले सरकारमा पुग्नासाथ विकासका काम गर्ने भएकाले काँग्रेस अहिले आत्तिएको बताउनुभयो ।
अध्यक्ष ओलीले पाँच दलीय गठबन्धनको उद्देश्य सत्तामा पुग्ने, मिलिजुली खाने र आ–आफ्ना परिवार सपार्ने मात्र रहेकाले देशको रथ यिनीहरूबाट नतानिने वताउनुभयो ।
एमालेले जहाँ पाइला टेक्यो त्यहाँ परिवर्तन आउने वताउँदै अध्यक्ष ओलीले चुनावपछि बन्ने एमालेको सरकारले देशबाट गरीबी उन्मुलन गर्ने छ भन्नुभयो ।
उहाँले अनेकथरि प्रतिक्रियावादी शक्तिहरू मिल्दा पनि आफ्नो पार्टीलाई कमजोर बनाउन नसकेको र अहिले एमालेको पक्षमा लहर देखेर सत्तारुढ गठबन्धन थरर काम्न थालेको बताउनुभयो ।
निर्वाचन नीति र नेतृत्व चयनको जनमत सङ्ग्रह
सोही कार्यक्रममा महासचिव शंकर पोखरेलले आगामी मंसिर ४ गते हुने निर्वाचन अध्यक्ष केपी शर्मा ओली वा शेरबहादुर देउवामध्ये कसको नेतृत्व रोज्ने ? त्यसको जनमत सङ्ग्रह भएको बताउनुभयो ।
महासचिव पोखरेलले गठबन्धन दलसँग कुनै एजेण्डा र कसले नेतृत्व गर्ने भन्ने खाका नै नभएको बताउनुभयो ।
उहाँले भन्नुभयो–‘एमालेले अध्यक्ष ओलीलाई सर्वसम्मत प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सारेको छ, एमालेसँग स्पष्ट नीति छ, स्पष्ट उद्देश्य
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #केपी शर्मा ओली, #नेकपा एमाले
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्