Techie IT
आईतबार, वैशाख ७,२०८२

प्रहरी महानिरीक्षक सिंहद्वारा नवनिर्मित भौतिक संरचनाको समुद्घाटन


चितवन । प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले (आइतबार) बागमती प्रदेश प्रहरी विद्यालय शान्तिपुर, चितवनमा नवनिर्मित भौतिक संरचनाको समुद्घाटन सम्पन्न गरेको छ । साथै, उनले नवनिर्मित भौतिक संरचनाको निरीक्षण समेत गरेका छन् ।

प्रहरी महानिरीक्षक सिंहले विद्यालयको समग्र विकासमा योगदान पुर्‍याउने विद्यालयका पूर्व समादेशक प्रहरी निरीक्षक धर्म बहादुर अधिकारी, अक्षयकोष स्थापना गर्ने पूर्व प्रहरी नायव उपरीक्षक कमल भण्डारी, शिक्षक अनिता देवकोटा लगायत प्रहरी कर्मचारीहरुमा प्रहरी सहायक निरीक्षक दिनेश थापा, प्रहरी हवल्दार अमिन बस्‍नेत, प्रहरी सहायक हवल्दार प्रकाश घिमिरे समेतलाई प्रशंसापत्रद्धारा सम्मान गरेका थिए ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिमा अध्यक्ष एवं नेपाल प्रहरी प्रदेश कार्यालय काभ्रेपलाञ्‍चोकका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक लालमणी आचार्यले प्रमुख अतिथिलाई विद्यालय व्यवस्थापन समितिको तर्फबाट मायाको चिनो प्रदान गरेको थियो । सो, अवसरमा प्रहरी महानिरीक्षक सिंहले नवनिर्मित भौतिक संरचना निर्माणकार्यमा प्रत्यक्ष एवं अप्रत्यक्ष योगदान पुर्‍याउने व्यक्तिहरूप्रति आभार प्रकट गरे ।

समुद्घाटन कार्यक्रममा बोल्दै प्रहरी महानिरीक्षक सिंहले हाल कक्षा ८ सम्म मात्र अध्यापन भईरहेको बागमती प्रदेश प्रहरी विद्यालयलाई समयानुकुल स्तर वृद्धि गर्ने सन्दर्भमा आवश्यक सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरे । आजको प्रतिस्पर्धात्मक विश्व जगतमा गुणस्तरिय र प्रविधिजन्य शिक्षा अत्यन्त आवश्यक रहेको हुँदा वैज्ञानिक र व्यवहारिक शिक्षा प्रणालीलाई जोड दिनुपर्ने कुरामा उनको भनाई थियो ।

विद्यार्थीहरुमा असल व्यक्तित्व र सकारात्मक मानसिकताको विकास गरी राष्ट्र निर्माणमा उनिहरुको भूमिका र समाज प्रतिको दायित्वबोध गराई शिक्षित, सभ्य र क्षमतावान नागरिकमा रुपान्तरण गर्नेतर्फ विद्यालय सदैव गंभिर हुनुपर्ने बताउँदै उनलेे निर्माण सम्पन्न भई समुद्घाटन भएका भौतिक संरचनाले प्रहरी विद्यालयको शिक्षण प्रणाली लगायत अध्ययन र अध्यापन कार्यलाई थप सहज र प्रभावकारी बनाई शिक्षाको गुणस्तर अभिवृद्धिमा महत्वपुर्ण भूमिका खेल्ने समेत बिश्वास ब्यक्त गरे । विद्यालयका प्राचार्य प्रधुन्न पौडेलले स्वागत मन्तव्य व्यक्त गरेको सो, कार्यक्रममा विद्यालयका संरक्षक एवं बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक किरण बज्राचार्यले धन्यवाद ज्ञापन गरेकी थिइन् ।

कार्यक्रममा भरतपुर महानगरपालिका वडा नंम्बर १४ का वडा अध्यक्षले शुभकामना मन्तव्य व्यक्त गर्नुका साथै बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका भौतिक पूर्वाधार शाखाका प्रहरी उपरीक्षक ई. ईश्‍वर थापाले नेपाल सरकारको नियमित बजेट मार्फत ३ करोड ६८ लाख ३१ हजार ८ सय ५९ रुपैयाँ ८८ पैसाको लागतमा निर्मित महिला छात्रा तथा भान्साघर २१ लाख ५७ हजार २ सय ६८ रुपैयाँ ७१ पैसाको लागतमा निर्मित सोधपुछ कक्षको निर्माण कार्य सम्पन्न भएको जानकारी दिए । कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव महानिरीक्षकहरु, राष्ट्रिय वाणिज्य बैंकका उच्च पदस्थ अधिकृत एवं वरिष्ठ प्रहरी अधिकृत तथा प्रहरी अधिकृतहरुको समेत उपस्थिति रहेको थियो ।

निरीक्षण भ्रमण तथा निर्देशन कार्यक्रम सम्पन्न
यता, प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले (आइतबार) जिल्ला प्रहरी कार्यालय चितवनको निरीक्षण भ्रमण एवं निर्देशन कार्यक्रम सम्पन्न गरेको छ ।

बागमती प्रदेश प्रहरी विद्यालय शान्तिपुर, चितवनमा नवनिर्मित भौतिक संरचनाको समुद्घाटन गर्न आइतबार चितवन आइ पुगेका महानिरीक्षक सिंहले आइतबार मातहत समेतमा कार्यरत ईकाई प्रमुखहरुलाई शान्तिसुरक्षा, मानव अधिकारमा संम्वेदनशिल रहन, आर्थिक पारदर्शिता कायम राख्न र आसन्न निर्वाचनमा परिचालनका लागी आवश्यक तयारी गर्न निर्देशन दिएका हुन् ।

जिल्ला प्रहरी कार्यालय चितवनको सभाहलमा भएको सो, कार्यक्रममा बागमती प्रदेश प्रहरी कार्यालय प्रमुख प्रहरी नायव महानिरीक्षक किरण बज्राचार्यले धन्यवाद एवं बागमती प्रदेश कार्यालय मातहतले ३ महिनामा सम्पादन गरेका क्रियाकलाप प्रस्तुत गरेका थिए ।

त्यस्तै, जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक नवराज अधिकारीले मायाको चिनो प्रदान गरेको थियो । कार्यक्रममा वरिष्ठ प्रहरी उपरीक्षक सहित मकवानपुर जिल्ला प्रहरी कार्यालय, राजमार्ग सुरक्षा तथा ट्राफिक प्रमुखहरु समेतको उपस्थिती रहेको थियो ।


क्याटेगोरी : अपराध/सुरक्षा, ब्रेकिंग न्युज, विशेष, देश परदेश, समाचार, स्थानीय


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
22°
Fair
5:32 am6:32 pm +0545