Techie IT
सोमबार, वैशाख ८,२०८२

प्रक्रियागत ढिलासुस्ती गरेका छैनौं, प्रेमगीतले विदेशी बजारमा आयाम थप्यो: चलचित्र बोर्ड


काठमाडौं । ‘प्रेमगीत ३’ विवादमा चलचित्र विकास बोर्डले पहिलोपटक औपचारिक प्रतिक्रिया सार्वजनिक गरेको छ ।
‘प्रेमगीत ३’ ले अन्तर्राष्ट्रिय बजार विस्तारमा नयाँ आयाम ल्याएकोमा बोर्डबाट कार्यक्रम गरी सम्बन्धित पक्षलाई हौसला र प्रोत्साहन समेत गरिएको चलचित्र विकास बोर्डले जारी गरेको प्रेस वक्तव्यमा उल्लेख गरेको छ ।
बोर्डले जारी प्रेस वक्तव्यमा ६ वटा प्रष्टीकरण उल्लेख छ, जहाँ ‘प्रेमगीत ३’ निर्माण कम्पनी आशुसेन फिल्म्सको कर चुक्तादेखि आइतबार गरिएको सेन्सर सिफारिससम्म चर्चा गरिएको छ ।
बोर्ड नेतृत्वले प्रक्रियागत ढिलासुस्ती गरेर हिन्दी संस्करण रिलिजमा अवरोध गरेको भन्ने निर्माताको आरोपको खण्डन गर्दै असोज ९ मा सेन्सर सिफारिसका लागि निवेदन प्राप्त हुनासाथ चलचित्र जाँचका लागि सिफारिस भएको, बोर्डबाट सेवाग्राहीको काममा प्रक्रियागत ढिलासुस्ती र अवरोध नभएको सम्बन्धित सरोकारवाला एवं आम जनमानसमा स्पष्ट पारेको छ ।

 


क्याटेगोरी : मनोरञ्जन/साहित्य, समाचार
ट्याग : #चलचित्र विकास बोर्ड


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
22°
Clear
5:31 am6:33 pm +0545