Techie IT
आईतबार, वैशाख ७,२०८२

काठमाडौं महानगरलाई नेस्टको एक महिने अल्टिमेटम


काठमाडौं । काठमाण्डौं महानगर प्रहरीले कब्जा गरेको स्वरोजगार श्रमिकहरुको सामानहरु एक महिनाभित्र फिर्ता नगरे देशमा आगो बाल्ने नेपाल स्वरोजगार व्यापार श्रमिक संघले चेतावनी दिएको छ । संघका अध्यक्ष मायाँ गुरुङले आज काठमाण्डौँंमा पत्रकारसम्मेलन गर्दै महानगर प्रहरीले कब्जा गरेको समान फिर्ता नगरे आन्दोलनमा उर्तिने चेतावनी दिएकी हुन ।

‘यो १ महिनाको समय उहाँहरुलाई अल्टिमेटम दिएका छौ. । माग सम्बोधन नगरेको खण्डमा आन्दोलनका हुनेछौं । हाम्रो समुह र जमात एकदम ठुलो छ । चाहेको खण्डमा हामीले ५ हजारको संख्यामा जुन जुलुस गरेका थियौं त्यसको चार गुणको संख्यामा हामीले भोलीको दिनमा भनेको जस्तो नभए अथवा हाम्रो मागहरु सम्बोधन नभएको खण्डमा चार गुणाको संख्यामा जुलुस गर्नेछौं ।’
महानगर पालिकाले उक्त कदम तत्काल रोकी वार्ता र सम्वाद मार्फत् समस्या समाधान गर्न र महान चाडपर्व दशैँ, तिहार र छठ लगायतका पर्व सम्मको लागि निश्चित स्थान र समय निर्धारण गरी व्यापार व्यवसाय गर्ने वातावरण तयार गर्न समेत महानगरसँग अध्यक्ष गुरुङले माग गरेकी छिन् ।

संघले महानगरसँग सातवटा माग राखेको छ । संघले राखेको मागहरुमा, स्वरोजगार अभिभावकहरुको व्यवस्थापनको लागी कानून तथा नीति निर्माण गरिनु पर्ने, महानगरभित्र रहेका सबै वडाहरुमा नागरिक बजार संचालन गरि सस्तोमा नागरिकले सामान पाउने व्यवस्था गर्नु पर्ने र त्यसका लागि स्वरोजगार श्रमिकहरुलाई टहराको व्यवस्था गरी व्यवसाय गर्ने वातावरण तत्काल बनाइनु पर्ने उल्लेख छ ।
यसैगरी दिर्घकालिन रुपमा नागरिकबजार सञ्चालन नहुँदासम्मका लागि महानगर मित्र सन्ध्याकालिन बजारको व्यवस्थाका लागि निश्चित समय र स्थानहरुको निर्धारण गरिनु पर्ने, नेपालीहरुको महान चाड पर्वहरु दशै, तिहार, छटसम्मको लागि अल्पकालिन रुपमा विहान वेल्कीको निश्चित समय निर्धारण गरी यथा स्थानमा व्यपार व्यवसाय गर्ने बातावरण तयार गरिनु पर्ने उनीहरुको माग रहेको छ ।

निम्न वर्गीय स्वरोजगार श्रमिकहरुको लगानी रहेका सामानहरु महानगर प्रहरीद्वारा कब्जा गरि लिलाम गर्ने गरिएको कार्य तत्काल रोक्नु पर्ने, सम्पूर्ण सामानहरु सम्बन्धित स्वरोजगार श्रमिकहरुलाई स–सम्मान फिता गरिनु पर्ने, श्रम डेस्कको स्थापना , कतिपय स्थानीय सरकारहरुले श्रम डेस्कको स्थापना गरेर आफना पालिका क्षेत्र भित्रका श्रम सम्बन्ध विषयहरुलाई व्यवस्थित गर्ने कार्यको थालनी गरिसकेको छ । तर, सत्ताको केन्द्र भागमा रहेको काठमाण्डौ महानगरपालिकाले यस विषयमा हालसम्म पनि तदारुकता देखाएको छैन । तसर्थ यसकाठमाण्डौं महानगरपालिकामा तत्काल श्रम डेस्कको स्थापना गरि स्वरोजगार श्रमिकहरुको आवश्यक सूचिकरण लगायतका श्रम व्यवस्थापनसंग सम्बन्धित कामको थालनी गर्नु पर्नेछ ।’

तत्काल उत्पन्न समस्या समाधान र दिर्घकालिन संकटहरुको व्यवस्थापनका लागि नेपाल स्वरोजगार व्यापार श्रमिक संघसहित सरोकारवालाहरु सम्मिलित “उपत्यकामा सञ्चालन गरिने नागरिक बजार तथा स्वरोजगार श्रमिकको समस्या समाधानका लागि सर्व पक्षिय कार्यदल गठन गर्ने समेत संघले माग गरेको छ ,

 


क्याटेगोरी : समाचार
ट्याग : #hot, #काठमाडौं महानगरलाई नेस्टको एक महिने अल्टिमेटम, #काठमाण्डौं महानगर


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
26°
Fair
5:32 am6:32 pm +0545