माओवादी पोलिटव्युरो सदस्य भण्डारीसहित धनकुटाका नेताहरूले दिए सामूहिक राजीनामा

काठमाडौँ । नेकपा माओवादी केन्द्र धनकुटाका नेताहरूले सामूहिक राजीनामा दिएका छन् ।
माओवादी केन्द्र धनकुटाका जिल्ला संयोजक डिल्लीराम राईले आज एक विज्ञप्ति जारी गर्दै जिल्लाबाट प्रतिनिधित्व गर्ने पोलिटव्युरो सदस्य, केन्द्रीय सदस्य, प्रदेश समितिका पदाधिकारी, प्रदेश सदस्य र जिल्ला समन्वय समितिका सदस्यहरुले सामूहिक राजीनामा दिएको जनाउनुभएको छ ।
सत्तारुढ गठबन्धनभित्र सिट बाँडफाँट गर्दा धनकुटाबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार माओवादीले नपाउने भएपछि पोलिटब्यूरो सदस्य हेमराज भण्डारीसहित जिल्लाका नेताले सामूहिक राजीनामा दिनुभएको हो ।
नेता भण्डारीले आसन्न निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिने र उहाँको उम्मेदवारीलाई सघाउने जिल्ला संयोजक राईले जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
एउटा मात्रै संघीय निर्वाचन क्षेत्र रहेको धनकुटाबाट गठबन्धनका तर्फबाट कांग्रेस नेता सुनिलबहादुर थापा र जसपाका रकम चेम्जोङले प्रतिनिधिसभा सदस्य उम्मेदवारका लागि दाबी गर्नुभएको छ ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #breaking, #माओवादी पोलिटव्युरो सदस्य भण्डारीसहित धनकुटाका नेताहरूको सामूहिक राजीनामा
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्