Techie IT
बुधबार, माघ २३,२०८१

कामना सेवा र प्रभु लाईफ इन्स्योरेन्सबीच सम्झौता


काठमाडौँ । कामना सेवा विकास बैंक र प्रभु लाईफ इन्स्योरेन्सबीच  बैंकान्स्योरेन्स सेवा सम्बन्धी  सम्झौता  भएको छ ।

उक्त  सम्झौतापत्रमा  बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत  प्रविण वस्नेत र  इन्स्योरेन्सको तर्फबाट निमित्त प्रमुख कार्यकारी अधिकृत किशोरप्रसाद लामिछानेले हस्ताक्षर गरेका छन् ।

 

सम्झौतासँगै बैंकको व्यावसाय प्रवर्धनमा सहयोग पुग्नुका साथै ग्राहकहरु लाभान्वित हुने बैंकले जनाएको छ ।

सम्झौतापत्रमा कामना सेवाको प्रमुख कार्यकारी अधिकृत प्रविण वस्नेत र प्रभु लाईफका निमित्त प्रमुख कार्यकारी अधिकृत किशोर प्रसाद लामिछानेले हस्ताक्षर गरेका थिए ।

 

सम्झौता बमोजिम  बैंकका ग्राहकहरुले मुलुकभर फैलिएको ६४ वटै शाखाहरुबाट सहज रुपमा प्रभु लाईफ इन्स्योरेन्सको जीबन बीमा पोलिसिहरु खरिद गर्न सक्नेछन् ।


क्याटेगोरी : अर्थ
ट्याग : #कामना सेवा


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
Fair
6:46 am5:49 pm +0545