Techie IT
शनिबार, वैशाख ६,२०८२

मकवानपुरमा बस दुर्घटना ६ जनाको घटनास्थलमै मृत्यु


मकवानपुर । मकवानपुरमा आज दिउँसो बस दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको छ ।

काठमाडौँबाट हेटौँडातर्फ आउँदै गरेको ना३ख ७८५८ नम्बरको बस भिमफेदि गाउँपालिका –६ मा दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको मकवानपुरका प्रहरी प्रमुख बामदेव गौतमले जानकारी दिनुभयो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रमुख एसपी गौतमका अनुसार दुर्घटनामा घाइतेको उद्धार कार्य चलिरहेको छ ।

गम्भीर घाइतेहरूलाई काठमाडौँ पठाइएको साथै मृतकको सनाखत भएको छैन ।  बसमा कति यात्रु थिए भन्नेबारे नखुलेको उहाँले बताउनुभयो ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #दुर्घटना, #मकवानपुरमा बस दुर्घटना ६ जनाको घटनास्थलमै मृत्यु


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
18°
Partly Cloudy
5:33 am6:31 pm +0545