Techie IT
आईतबार, वैशाख ७,२०८२

राष्ट्रपति भण्डारीको निर्णय सही छः मेयर शाह


 

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको निर्णय सही रहेको बताएका छन् ।

सामाजिक सञ्जालमा लेख्दै मेयर शाहले राष्ट्रपति भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगर्ने निर्णय सही रहेको जनाएका हुन् । उनले राष्ट्रपतिको राष्ट्रियताको अडानप्रति निर्णयलाई सदैव नेपाली जनताले सम्मान गरिरहने समेत बताएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्का दुवै सदन (प्रतिनिधिसभा र राष्ट्रियसभा) ले दुई पटक पारित गरेको नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरिनन् । प्रमाणीकरणको म्याद सकिएपछि सो विधेयक स्वतः निष्क्रिय बनेको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #hot, #काठमाडौँं महानगरपालिका, #बालेन्द्र शाह, #राष्ट्रपति भण्डारीको निर्णय सही छः मेयर शाह, #विद्यादेवी भण्डारी


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
16°
Mist
5:32 am6:32 pm +0545