मेलामा उत्तरी गोरखामा फलेको स्याउ प्रदर्शनी एवं बिक्रीका लागि राखिएको छ । मेलाभित्र ब्यापारिक प्रयोजनका बिभिन्न स्टलहरु छन् । हरमटारी खेलमैदानमा भएको मेलामा केही दिनयता निरन्तर वर्षात भएकाले हिलो भएको ठाउँमा भुस हालिएको थियो । मैदानमा पानी जमेका कारण पहिलो दिन सबै स्टल सञ्चालन हुन सकेका छैनन् ।
मेला उद्घाटनको दिन मंगलवार झाँकी ¥याली सहित बजार परिक्रमा गरिएको थियो ।
मेलामा अधिकांश फेन्सी र खानाका स्टलहरु छन् । बाल उद्यानका सामग्री पनि राखिएको छ । अधिकांश स्टलमा दशैँ लक्षित सामग्री छन् । बुधवार दोस्रो दिनबाट सबै स्टल भरिभराउ हुने मेला संयोजक आशिष श्रेष्ठले बताए ।
मेला असोज १४ गतेसम्म चल्नेछ । ‘गोरखाको संस्कार सँस्कृतिको संरक्षण र प्रवद्र्धन आर्थिक, पर्यटन र ऐतिहासिक गोरखाको अभियान’ भन्ने नाराका साथ मेला संचालन गरिएको हरमटारी क्लवका अध्यक्ष जीवन गुरुङले बताए ।
नेपालको इतिहासलाई संरक्षण गर्दै पुर्खाको वीरता र वीर गाथाको प्रष्फुटन गर्न र जिल्लालाई पर्यटकीय हवका रुपमा विकास गर्नमा सहयोग पु¥याउन मेला आयोजना भएको संयोजक आशिष श्रेष्ठले बताए ।
मेलामा स्थानीय तथा राष्ट्रिय स्तरका स्रष्टा तथा कलाकारहरुको प्रस्तुति हरेक दिन रहनेछ । मेला स्थल खेलमैदानमा एक सय ४५ वटा स्टलहरु निर्माण गरिएको आयोजकले जनाएको छ । मेलाको करिब ३५ हजार दर्शकले अवलोकन गर्ने अनुमान आयोजकले गरेको छ ।
तेस्रो गोरखकाली मेला आयोजनाका लागि ५२ लाख आम्दानी हुने र ४७ लाख खर्च हुने अनुमान गरिएको छ । मेलाबाट पाँच लाख रुपैयाँ बचत हुने अनुमान गरिएको र सो रकम गोरखकाली रनिङ कप आयोजना गर्ने बाँकी बचत भएको रकम सामाजिक क्षेत्रमा खर्च गरिने मेलाका संयोजक श्रेष्ठले जानकारी दिए ।
दरौँदी दैनिक
तपाईको कमेन्ट लेख्नुहोस्