Techie IT
आईतबार, वैशाख ७,२०८२

आत्महत्या रोक्न चितवन प्रहरीको सचेतना अभियान


आत्महत्या रोकथाम तथा न्यूनीकरण सम्बन्धी चितवन प्रहरीले सचेतना कार्यक्रम गरेको छ ।

विश्व आत्महत्या रोकथाम दिवसको अवसरमा (आईतबार) भरतपुरमा प्रहरीले आत्महत्या रोकथाम तथा नियन्त्रणको लागि सचेतना कार्यक्रम सुरु गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।

प्रहरी उपरीक्षक अधिकारीका अनुसार ‘औपचारिक रूपमा विश्व आत्महत्या रोकथाम दिवसको अवसर पारी कार्यक्रम सुरु गरिएको हो । यसपछि आत्महत्या रोकथाम र नियन्त्रणको लागि प्रहरी मार्फत स्थानीय तहहरूमा यो अभियान पुग्नेमा उनको बिश्वास छ ।

अहिले बढदै गएको आत्महत्या सबैको साथ सहयोग र सचेतनाको कारणले मात्र न्यूनीकरण गर्न सकिने जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक नरहरी अधिकारीले बताए । उनलेे विश्वमा आत्महत्याको वर्तमान अवस्था, जिल्लाको आत्महत्याको वार्षिक त्रिवर्षिय समिक्षा, आत्महत्याको स्वरुप, कारण, संकेत र बचाउका उपाय एवं र कानूनी व्यवस्थाका बारेमा समेत सचेतना प्रदान गरेका थिए ।

भरतपुर महानगरपालिका वर्डा नम्बर ०२ स्थित लायन्सचोकबाट सचेतनामूलक प्लेकार्ड र ब्यानर सहितको ऱ्याली भरतपुर २ स्थित दियालो फुडल्याण्डमा पुगी सचेतनामूलक कार्यक्रममा परिणत भएको सो, कार्यक्रममा समाजसेवी मिना खरेल, भरतपुर १ का वडाध्यक्ष केशव महर्जन तथा जिल्ला स्वास्थ्य कार्यालयका बरिष्ठ जनस्वास्थ्य अधिकृत दुर्गादत्त चापागाईंले आत्महत्याको स्वरुप, सबैको साझा प्रयासको अपरिहार्यता, समाजले आफ्ना कुरा नलुकाई समस्या राख्नुपर्ने र वडास्तरीय परामर्श दाताको आवश्यकता औंल्याएका थिए ।

अन्दाजी पाँच सय जनाको सहभागितामा गरिएको सो, ऱ्याली सहितको कार्यक्रमको प्रमुख अतिथ्यता सहायक प्रमुख जिल्ला अधिकारी चिरन्जीवी शर्माले गरेका थिए ।

चितवनमा आत्महत्या गर्नेको संख्या बढ्दै गएको छ । घरायसी विवाद, प्रेम तथा यौन सम्बन्ध, सामाजिक हेला, मानसिक तनाव जस्ता कारणले आत्महत्याका घटना बढेको प्रहरीले जनाएको छ ।

आत्महत्या एउटा औषधीविहीन सामाजिक रोग भएको चिकित्सक बताउँछन् । आफैँमा विश्वास नहुनु, जीवनदेखि हार खानु, भावी जीवनका लागि असमर्थ हुनेले आत्महत्याको बाटो रोज्ने चिकित्सकहरूको भनाइ छ ।

आत्महत्या नियन्त्रण गर्नका लागि विशेष सचेतना अभियान नै चलाउनुपर्छ ।’ त्यसका लागि पालिकाहरुले प्रहरीसंग पनि समन्वय गरेर कार्यक्रम गनुपर्ने प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले बताए ।

परिवारमा कोही सदस्यले एकोहोरिने जस्ता असामान्य व्यवहार देखाए परिवारका अन्य सदस्यले तत्काल मनोपरामर्श तथा उपचारमा ध्यान दिए आत्महत्याको दर धेरै कम हुने मनोविश्लेषकहरू बताउँछन् ।


क्याटेगोरी : अपराध/सुरक्षा, ब्रेकिंग न्युज, विशेष, देश परदेश, समाचार, स्थानीय


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
21°
Fair
5:32 am6:32 pm +0545