Techie IT
आईतबार, वैशाख ७,२०८२

चितवनका प्रहरी प्रमुख नवराज अधिकारी नेपाल प्रताप सुभुषण विभूषितबाट सम्मानित


चितवन । सरकारले प्रहरी उपरीक्षक नवराज अधिकारीलाई नेपाल प्रताप सुभुषण विभूषितबाट सम्मान गरेको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख समेत रहेका अधिकारीलाइ संविधान दिवशको अवसर पारेर सरकारले बिभूषणबाट सम्मान गरेको हो । प्रहरी उपरीक्षक अधिकारीलाइ नेपाल राष्ट्रको गौरव एवं नेपाली जनताको हित अभीबृद्धिमा पुर्‍याएको उल्लेखनीय योगदानको कदर गर्दै उक्त पदक दिइएको बताइएको छ ।

नेपालको संविधानको धारा २७७ को उपधारा १ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा विभूषण प्रदान गरिँदै आएको छ । मन्त्रिपरिषदको गत, भदौ ३१ गतेको निर्णयानुसार चितवनका प्रहरी प्रमुख अधिकारी सहित देशभरबाट ९९८ जनालाई विभिन्न पदक मार्फत विभूषण गरिएको हो ।

सरकारले राष्ट्रका विभिन्न क्षेत्रमा योगदान
पुर्‍याएकालाई विभिन्न मानपदवी, अलङ्कार र पदकबाट सुशोभन गर्दै आएको छ । अधिकारी यसअघि बागमती प्रदेश सरकारबाट समेत सम्मानित भएका थिए । उनलेे नेतृत्व गरेको चितवन जिल्ला प्रहरी कार्यालय बागमती प्रदेशकै सर्वोत्कृष्ट भएको भन्दै यसअघि नै प्रदेश प्रहरी कार्यालयले समेत पुरस्कृत गरिसकेको थियो ।

सफल अनुसन्धानकर्मी रूपमा समेत चिनिएका अधिकारी नेपाल प्रहरीमा ब्यवसायिक पृष्ठभुमि बनाउन सफल प्रहरी अधिकृतका रूपमा चिनिन्छन् ।


क्याटेगोरी : अपराध/सुरक्षा, ब्रेकिंग न्युज, विशेष, देश परदेश, समाचार, स्थानीय


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
21°
Fair
5:32 am6:32 pm +0545