Techie IT
बुधबार, वैशाख १०,२०८२

सरकारले चोलेन्द्रमाथि ज्याद्धती गरेको मानव अधिकार आयोगको ठहर


काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको वैयक्तिक र आवतजावतको स्वतन्त्रता र गोपनीयताको अधिकार सम्मान गर्न गठबनधन सरकारलाई आग्रह गरेको छ ।

आयोगले व्यक्तिको संविधानप्रदत्त वैयक्तिक स्वतन्त्रता, आवतजावतको स्वतन्त्रता र गोपनीयताका अधिकारको सम्मान गर्नुपर्ने राज्यको दायित्व भएको बताएको छ । ‘यसप्रकारका अधिकारहरुमा कुनै पनि वहानामा अवरोध पुग्नु हुँदैन भन्नेमा आयोग दृढ छ’, आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘अतः संविधान र कानुनमै टेकेर यसप्रकारको गतिरोधको अन्त्य गर्न आयोग संवद्ध सबै पक्षलाई आग्रह गर्दछ ।’

महाअभियोग प्रस्तावमाथि सिफारिस समितिले दिएको प्रतिवेदनमाथि निर्णय नगरी आइतबार प्रतिनिधिसभाको कार्यकाल सकिएको छ । त्यसपछि जबराले आफू पुनः अदालत फर्किने बताउनु भएको थियो । जवराको सो भर्नापछि सरकारले लोकतन्त्रकै हुर्मत लिएर उहाँको निवासमा सुरक्षा कडाइ गरी कसैलाई आउजाउ गर्न नदिई नजरवन्दमा राखेको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #चोलेन्द्रशमशेर जबरा, #राष्ट्रिय मानव अधिकार आयोग, #सरकारले चोलेन्द्रमाथि ज्याद्धती गरेको मानव अधिकार आयोगको ठहर


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
20°
Haze
5:29 am6:34 pm +0545