सुनको सिक्री डाँका गर्ने सहित नक्कली सुन देखाइ सक्कली सुन ठगी गर्ने दुई जना पक्राउ

चितवनमा सुनको सिक्री डाँका गरी फरार रहेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका वर्डा नम्बर ४ स्थित लंकु सडकमा ७० बर्षीया खगेश्वरी भुषालले लगाएको सुनको सिक्री डाँका गरी फरार रहेका भरतपुर महानगरपालिका २३ घर भई हाल भरतपुर महानगरपालिका ४ सृजनाटोल बस्ने ४३ बर्षीया झलक जैसीलाई प्रहरीले पक्राउ गर्न सफल भएको हो ।
भाद्र २३ गते बिहान ०८ बजे स्कुटरमा आएको अपरिचित ब्यक्तिले सुनको सिक्री चोरी गरी भागेको भन्ने सूचना प्रहरीलाई प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय चितवनबाट प्रहरीको विशेष टोली खोजतलास तथा अनुसन्धानमा जुटेको प्रहरी प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।
उनका अनुसार पीडितले प्रहरीलाई सुनको सिक्री लुटिएको खबर गराएसंगै प्रहरीले घट्नाबारे गम्भीरतापूर्वक अनुसन्धान गरेको बताए । हामी लाई लुटपाट भएको सूचना आएपछि अनुसन्धान गर्दै जाने क्रममा जैसीलाई हिजो (शनिबार) पक्राउ गर्न सफल भयौं । एसपी अधिकारीले भने, उनको साथबाट सुनको सिक्री, घटना घटाउँदा प्रयोग गरेको ना ४३ प ७४८५ नंम्बरको स्कुटर समेत बरामद गरेका छौँ ।
पक्राउ परेका भुषाल विरुद्ध सम्मानित चितवन जिल्ला अदालतबाट चोरी तथा डाँका कसूरमा शनिबारबाटै लागू हुने गरी म्याद अनुमती लिई थप अनुसन्धान गर्ने कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
यता, नक्कली सुनको बिस्कुट देखाई सक्कली सुन ठगी गर्नेलाई समेत प्रहरीले पक्राउ गरेको छ । नारायणगढ तथा भरतपुर बजार क्षेत्रमा महिलाहरुलाई लक्षित गरी नक्कली सुनको बिस्कुट देखाई ठगी गरेको आरोपमा प्रहरीले सिन्धुली दुधौली नगरपालिका वडा नं १२ (साविक जिनाखु गा.वि.स. वडा नं २) घर बस्ने ३९ बर्षीया विर बहादुर घिसिङलाई पक्राउ गरेको हो ।
महिलाहरुलाई लक्षित गरेर उनलेे तपाईले लगाएको कानको मुन्द्रा हामीलाई दिनुहोस्, तपाईलाई हामी सुनको बिस्कुट र नगद रकम दिन्छु भनी ललाईफकाई महिलाहरुले लगाएको सक्कली सुनका गरगहनाहरु झुक्काई लाने गरेको भन्ने सूचनाको आधारमा प्रहरीले घिसिङ लाई अस्ती (शुक्रबार) बिहान पक्राउ गरेको थियो ।
उनलाई भरतपुर महानगरपालिका वडा नं १० बिरेन्द्र क्याम्पस चोकस्थित सडक खण्डको छेउमा उभिरहेको अवस्थामा नक्कली सुन जस्तो देखिने धातुको पदार्थ र बाहिर एक हजार रुपैयाँको नोट र भित्र दश रुपैयाँको नोट राखी एक बन्डल बनाएको रकमसहित पक्राउ गरेको हो ।
पक्राउ परेका उनीविरुद्ध ठगी उद्योग कसुरमा सम्मानित चितवन जिल्ला अदालतबाट म्याद अनुमती लिई थप अनुसन्धान गर्ने कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।
क्याटेगोरी : अपराध/सुरक्षा, ब्रेकिंग न्युज, विशेष, देश परदेश, समाचार, स्थानीय
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्